युरोकपमा आज पनि तीन खेल, कसको भिडन्त को सँग ? « Khabarhub

युरोकपमा आज पनि तीन खेल, कसको भिडन्त को सँग ?


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  युरोकप फुटबलमा आज पनि तीन खेलहरु हुँदैछन् ।

युरोकपको समूह चरण अन्तर्गत आज हुने पहिलो खेलमा फ्रान्स र हंगेरीबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘एफ’ मा रहेको दुई टिमबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।

दोस्रो खेलमा साविक विजेता पोर्चुगल र जर्मनी भिड्ने छन् । दुई टिमबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

समूह ‘एफ’ मा रहेको पोर्चुगल लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा पुग्ने योजनामा रहनेछ । पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३-० ले हराएको थियो । पोर्चुगल ३ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ ।

जर्मनी भने पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा फ्रान्ससँग १-० ले पराजित जर्मनीका लागि यस खेल महत्वपूर्ण रहेको छ ।

आज हुने तेस्रो खेलमा स्पेन र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । स्पेन र पोल्याण्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

समूह ‘ई’ को स्पेन पहिलो जित निकाल्ने योजनामा रहेको छ । स्पेन १ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ । पहिलो खेलमा स्पेनले स्वीडेनसँग गोलरहित बराबरी खेलेको थियो ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ७ : ३० बजे

यसपटक तोसिमाले अवसर नपाउने, निशाले सम्हाल्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं- बालेन्द्र शाहले स्वास्थ्यमन्त्रीमा निशा मेहतालाई अगाडि सार्न लागेका छन्।

यस्तो बन्ने भयो बालेन सरकारको १५ सदस्यीय क्याबिनेट

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा

प्रतिभा रावलले सम्हाल्ने भइन् सामान्य प्रशासन मन्त्रालय

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टीकी सह-प्रवक्ता प्रतिभा रावललाई

कानुन मन्त्रालयको जिम्मेवारी सोबिता गौतमलाई दिइँदै

काठमाडौं- प्रधानमन्त्रीमा नियुक्त भइसकेका बालेन्द्र शाहले चितवन क्षेत्र नम्बर ३

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन