पूर्वप्रधान सेनापति राणाको स्मृतिमा अक्षय कोष « Khabarhub

पूर्वप्रधान सेनापति राणाको स्मृतिमा अक्षय कोष


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वप्रधानसेनापति सच्चित शम्शेर जबराकी श्रीमती आशा राणाले फलोअर्सका छोरीलाई छात्राबृत्ती दिने उद्देश्यले १५ लाख ५ रूपैयाँको अक्षय कोष स्थापना गरेकी छन् ।

पूर्वप्रधानसेनापति सच्चित राणाको स्मृतिमा उनले पेन्सन वापत आउने मासिक ३६ हजार रूपैयाँ र कल्याणकारी कोषले मासिक दिने एकल नारी भत्ता २ हजार रूपैयाँ समेत अक्षय कोषमा जम्मा गर्ने घोषणा गरेकी हुन् ।

नेपाली सेनाका अनुसार अक्षय कोषको रकम सैनिक आवासीय मावि  भक्तपुरमा कक्षा ११ बाट १२ मा जाँदा प्रथम हुने फलोअर्सका छोरीले पाउनेछन्।

फलोअर्स सेनामा सबैभन्दा तल्लो तहको पद हो । फलोअर्सका छोरी नभएमा सैनिक र सैनिकका छोरी नभएमा प्युँठका छोरीले पाउने नेपाली सेनाले जनाएको छ । सेनाका अनुसार प्युँठका छोरी नभएमा अमल्दार र अमल्दारका छोरी नभएमा हवल्दारका छोरीले सो रकम पाउनेछन्।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  १० : ३० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना