पूर्वप्रधान सेनापति राणाको स्मृतिमा अक्षय कोष « Khabarhub

पूर्वप्रधान सेनापति राणाको स्मृतिमा अक्षय कोष


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वप्रधानसेनापति सच्चित शम्शेर जबराकी श्रीमती आशा राणाले फलोअर्सका छोरीलाई छात्राबृत्ती दिने उद्देश्यले १५ लाख ५ रूपैयाँको अक्षय कोष स्थापना गरेकी छन् ।

पूर्वप्रधानसेनापति सच्चित राणाको स्मृतिमा उनले पेन्सन वापत आउने मासिक ३६ हजार रूपैयाँ र कल्याणकारी कोषले मासिक दिने एकल नारी भत्ता २ हजार रूपैयाँ समेत अक्षय कोषमा जम्मा गर्ने घोषणा गरेकी हुन् ।

नेपाली सेनाका अनुसार अक्षय कोषको रकम सैनिक आवासीय मावि  भक्तपुरमा कक्षा ११ बाट १२ मा जाँदा प्रथम हुने फलोअर्सका छोरीले पाउनेछन्।

फलोअर्स सेनामा सबैभन्दा तल्लो तहको पद हो । फलोअर्सका छोरी नभएमा सैनिक र सैनिकका छोरी नभएमा प्युँठका छोरीले पाउने नेपाली सेनाले जनाएको छ । सेनाका अनुसार प्युँठका छोरी नभएमा अमल्दार र अमल्दारका छोरी नभएमा हवल्दारका छोरीले सो रकम पाउनेछन्।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  १० : ३० बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै