अजयको ओटीटी मूल्य १ सय २५ करोड « Khabarhub

अजयको ओटीटी मूल्य १ सय २५ करोड


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– बलिउड अभिनेता अजय देवगन आगामी जुलाईबाट डिजिटल ‘डेब्यू’ गर्दैछन् । ब्रिटिस शो ‘लुथर’को अफिसियल रिमेक ‘रुद्र’मार्फत अजयले डिजिटलमा पाइला चाल्न लागेका हुन् ।

शोमा अजय फरक अवतारमा प्रस्तुत भएर दुई महिनामा सम्पूर्ण सुटिङ पुरा गर्नेछन् । यो शोका लागि अजयले १ सय २५ करोड पारिश्रमिक लिएका छन् ।

‘अजय अहिले आफ्नो करियरको उच्च फर्ममा छन् । खास गरी पछिल्लो पिःल्म ‘तान्हाजी’को सफलताले पनि अजयलाई पारिश्रमिक बढाउन प्रोत्साहन गरेको छ । त्यहीकारण उनले शोको लिमिटेड सिरिजका लागि १ सय २५ करोड पारिश्रमिक लिएका हुन्’, शो निकट स्रोतले भनेको छ ।

१ सय २५ करोड पारिश्रमिकसँगै अजय ओटीटी प्लेटफर्ममा सर्वाधिक पारिश्रमिक लिने कलाकारको सूचीमा परेका छन् । यो सूचीमा यसअघि अक्षय कुमार र ऋतिक रोशन छन् ।

अजयको यो पारिश्रमिकमा स्टार नेटवर्कको प्रोमा सुट, सामाजिक सञ्जाल पोष्ट, रियालिटी शो अपेरियन्स पनि जोडिएका छन् । जय प्रति एपिसोड २ करोड पारिश्रमिक लिँदैछन् ।

राजेश मापुस्करको निर्देशन रहने ‘रुद्र’ सन् २०२१ को अन्त्यतिर प्रिमियर हुँदैछ ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  १० : २५ बजे

एमाले नेता मल्लबाट बलात्कृत खत्री भन्छिन्- योभन्दा बढी बर्बाद हुन बाँकी के छ र ?

काठमाडौं- सरकारले केही समयअघि नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी

मत्स्यपालक किसानका समस्या समाधान गर्न छलफल

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले मत्स्य पालक किसानका

इस्लामावादमा उच्च सुरक्षा सतर्कता, इरान-अमेरिका वार्ता भोलि

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ

प्रतिनिधि सभाका १० वटा विषयगत समितिमा कुन सांसदलाई कहाँ राखियो ?

काठमाडौं- फागुन २१ गतेको निर्वाचनबाट चुनिएको प्रतिनिधि सभाका १० वटा