सञ्चार सेवा अवरुद्ध हुँदा तीन जिल्ला प्रभावित « Khabarhub

सञ्चार सेवा अवरुद्ध हुँदा तीन जिल्ला प्रभावित


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– मौसममा देखिएको परिवर्तनसँगै जाजरकोटलगायत तीन जिल्लाको सञ्चार सेवा अवरुद्ध भएको छ ।

विगत एक सातादेखि लगातारको वर्षाका कारण मछाइनास्थित रिपिटर टावरको सोलार चार्ज नहुँदा जिल्लाको फोन सञ्चार सेवा अवरुद्ध भएको हो ।

जिल्लाभरि दर्जन बढी नेपाल टेलिकमका टावर सञ्चालनमा छन् । तर सबै टावरले दिनभर काम गरेको छैन । जिल्लाको मुख्य रिपीटर टावरमै विद्युत् नहुँदा जिल्लाभरि सञ्चार सेवा अवरुद्ध भएको छ ।

जिल्लाको मछाइनास्थित रिपीटर टावर भएर नै जिल्लाको छ स्थानीय तह, रुकुम पश्चिम आठबीसकोट नगरपालिकाको रातामाटा र डोल्पाको कालिकास्थित टावरहरुमा सञ्चार हुने गर्छ । तर मुख्य टावर नै घामको भरमा सञ्चालन हुने भएपछि ती स्थानका सञ्चार अवरुद्ध भएको नेपाल टेलिकम जाजरकोटका प्रमुख गोपीन्द्र अधिकारीले बताए । टावर भएको ठाउँमा घाम लागेमा मात्र टावर सञ्चालनमा आउने उनले जानकारी दिए ।

“मछाइनास्थित टावरमा यस क्षेत्रको मुख्य रिपीटरटावर हो । टावर सोलार सिस्टममार्फत चल्दै आएको छ । तर विगत एक सातादेखि घाम लाग्न छाडेपछि सोलारले काम गरेको छैन्”, उनले भने । टावर सञ्चालनका लागि स्थलमार्गबाट जेनेरेटर लग्ने प्रयास गरेपनि भेरी नगरपालिकाको पाखेदहमा बाटो भत्किएका कारण समस्या भएको उनको भनाइ छ । भत्किएको सडक मर्मतका लागि सम्बन्धित निकायको ध्यान नजाँदा जाजरकोटलगायत तीन जिल्ला सञ्चारविहीन भएको बताइएको छ ।

घामको विकल्प केही नभएपछि सञ्चार सेवा अवरुद्ध रहेको छ । टेलिफोन लाइन अवरुद्ध भएपछि सरकारी कामकाजसमेत प्रभावित भएको बताइएको छ । इमेल, इन्टरनेट र फोन गर्न पाइएको छैन । जिल्लाको अवस्था के छ भनेर भन्न सकिने अवस्था नरहेको स्थानीयवासी बताउँछन् । अहिलेको समयमा सञ्चार सेवा नै घामको भरमा चलेपछि कसरी कामकाज हुन्छ स्थानीय व्यवसायीको भनाइ छ । ।

सडक डिभिजन चौरजहारीको डोजरलाई सडक मर्मत गर्न आग्रह गरेपनि डिभिजन प्रमुख धु्रव झाले त्यहाँको बाटो मर्मत गर्ने काम आफ्नो नभएको बताउनुभयो । मछाइनास्थित टावरमा विद्युतीकरण नपुग्दा आकाशमा बादल देखिने वित्तिकै सञ्चार सेवामा समस्या हुँदै आएको छ ।

कुशेका टावर सञ्चालनमा ढिलाइ

कुशे गाउँपालिकामा निर्माण भएका टावरहरु सञ्चालनमा आउन नसक्दा त्यहाँका बासिन्दा सञ्चार सेवाबाट वञ्चित हुँदै आएको छ । करिव ६ महिनादेखि यहाँका बासिन्दा फोन सेवाबाट वञ्चित रहेको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । टावर सञ्चालन नहुँदा यहाँका बासिन्दा अग्लो डाडामा गएर फोन सम्पर्क गर्न बाध्य भएका छन् ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  १ : ४० बजे

मुख्यमन्त्री शाहले गरे मतदान

सुदूरपश्चिम-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलाली निर्वाचन क्षेत्र नं २

कतारका समकक्षीसँग प्रधानमन्त्री कार्कीको संवाद, इरान युद्धको शान्तिपूर्ण निकास खोज्न आग्रह

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले कतारका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख मोहम्मद

बागलुङ–१ मा क्रियापुत्रीद्वारा मतदान

ढोरपाटन– यहाँको काठेखोला गाउँपालिका–३ धम्जामा क्रियापुत्रीले मतदान गरेका छन् । 

कोल्टन खानी दुर्घटनामा २०० को मृत्यु, विद्रोहीको अस्वीकार

एजेन्सी– पूर्वी कङ्गोको खनिज–सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मंगलबार

दोलखाको एउटा मतदानस्थलबाट ५६ बुक मतपत्र लुटियो, मतदान पनि अनिश्चित

दोलाखा- दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ४ स्थित मालुको गोल्मेश्वर