सल्यानमा एक महिला खोलामा मृत फेला, बलात्कारपछि हत्या भएको आशंका « Khabarhub

सल्यानमा एक महिला खोलामा मृत फेला, बलात्कारपछि हत्या भएको आशंका


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सल्यान– सल्यानको दार्मा गाउँपालिकामा खोला किनारामा मृत अवस्थामा फेला परेकी महिलाको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका गरिएको छ ।

प्रहरीका अनुसार दार्मा गाउँपालिका – ५ की ३० वर्षीया खिमा खड्का असार १ गते बिहान स्थानीय ठोलो खोलामा मृत अवस्थामा फेला परेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी गोविन्द थापाका अनुसार घटना शंकास्पद रहेको छ । घटनास्थल वरिपरि खिमाको मृत्यु खुल्ने त्यस्तो कुनै सूचना फेला परेको छैन ।

शव पोष्टमार्टम रिपोर्ट आइतबार आइपुग्ने हुँदा त्यसपछि खिमाको मृत्युबारे स्पष्ट भन्न सकिने डिएसपी थापाले बताए ।

प्रहरीका अनुसार जेठ ३१ गते बेलुकादेखि खड्का हराएकी थिइन् । खिमाका श्रीमान् खिमबहादुर खड्का श्रीमतीको मृत्युको खबर पाएपछि शुक्रबार मात्रै घर आइपुगेका छन् । रोजगारीको सिलसिलामा खिमबहादुर झन्डै आठ महिनाअगाडि भारतको सिमला गएका थिए ।

खड्काको परिवारले खिमाको बलात्कारपछि हत्या भएको भन्दै शव बुझ्न मानेका छैनन् ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ४ : ४० बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार