मुस्ताङको भिडियो ट्वीट गर्दै डब्लुएचओका महानिर्देशक टेड्रोसद्वारा नेपाली स्वास्थ्यकर्मीको प्रशंसा « Khabarhub

मुस्ताङको भिडियो ट्वीट गर्दै डब्लुएचओका महानिर्देशक टेड्रोसद्वारा नेपाली स्वास्थ्यकर्मीको प्रशंसा


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसले नेपाली स्वास्थ्यकर्मीको एउटा भिडियो ट्वीट गर्दै प्रशंसा गरेका छन् ।

कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउने असार १ गतेको तालिका अनुसार मुस्ताङको लेतेतर्फ खोप लिएर गएका स्वास्थ्यकर्मीले स्थानीय छापताङ खोलामा पानीको सतह बढेर आएपछि लामो पाइपको सहाराले खोपको बाकस तारेका थिए ।

सामाजिक संजालमा भाइरल भएको उक्त भिडिओलाई महानिर्देशक टेड्रोसले ट्विट गर्दै स्वास्थ्यकर्मीले यो साहसका साथ जीवनरक्षाका लागि काम गरिरहेको बताएका छन् ।

तर कतिपय स्थानमा यी नायकहरुले अझै खोप लगाउन नपाएको उनको गुनासो छ ।

‘स्वास्थ्यकर्मीहरु जीवनरक्षाका लागि कति टाढासम्म पुगिरहेका छन्,’ महानिर्देशक टेड्रोसले भनेका छन्, ‘धेरै ठाउँमा यी हिरोहरुलाई अझै खोपबाट वञ्चित गर्नु कति न्यायोचित होला ?’

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ५ : ५३ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को