मुस्ताङको भिडियो ट्वीट गर्दै डब्लुएचओका महानिर्देशक टेड्रोसद्वारा नेपाली स्वास्थ्यकर्मीको प्रशंसा « Khabarhub

मुस्ताङको भिडियो ट्वीट गर्दै डब्लुएचओका महानिर्देशक टेड्रोसद्वारा नेपाली स्वास्थ्यकर्मीको प्रशंसा


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसले नेपाली स्वास्थ्यकर्मीको एउटा भिडियो ट्वीट गर्दै प्रशंसा गरेका छन् ।

कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउने असार १ गतेको तालिका अनुसार मुस्ताङको लेतेतर्फ खोप लिएर गएका स्वास्थ्यकर्मीले स्थानीय छापताङ खोलामा पानीको सतह बढेर आएपछि लामो पाइपको सहाराले खोपको बाकस तारेका थिए ।

सामाजिक संजालमा भाइरल भएको उक्त भिडिओलाई महानिर्देशक टेड्रोसले ट्विट गर्दै स्वास्थ्यकर्मीले यो साहसका साथ जीवनरक्षाका लागि काम गरिरहेको बताएका छन् ।

तर कतिपय स्थानमा यी नायकहरुले अझै खोप लगाउन नपाएको उनको गुनासो छ ।

‘स्वास्थ्यकर्मीहरु जीवनरक्षाका लागि कति टाढासम्म पुगिरहेका छन्,’ महानिर्देशक टेड्रोसले भनेका छन्, ‘धेरै ठाउँमा यी हिरोहरुलाई अझै खोपबाट वञ्चित गर्नु कति न्यायोचित होला ?’

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ५ : ५३ बजे

अमरीश पुरीको खलनायकी स्टारडम : सरकारी सेवाबाट अभिनयमा फड्को

नेपालको पछिल्लो राजनीतिक अवस्थालाई लिएर सामाजिक सञ्जालमा बलिउड फिल्म ‘नायक’

स्वरोजगार प्रवर्द्धनका लागि २० उद्यमीलाई ल्यापटप वितरण

फिक्कल– स्थानीयस्तरमा उद्यमशीलता विकास गरी युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले

चार महिनापछि खुल्यो लहान नगरपालिकाको बैंक खाता

सिरहा– विगत चार महिनादेखि रोक्का रहेको लहान नगरपालिकाको बैंक खाता

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा धमाधम काम हुँदै

गण्डकी– आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

त्रिशूली– सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार