प्रदेश सरकारले ल्याएको बजेटले संघीयतालाई कमजोर पार्ने देखियो : कांग्रेस « Khabarhub

प्रदेश सरकारले ल्याएको बजेटले संघीयतालाई कमजोर पार्ने देखियो : कांग्रेस


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दल वाग्मती प्रदेशले प्रदेश सरकारले ल्याएको बजेटले संघीयतालाई सुदृढ पार्ने नभई कमजोर पार्ने देखिएको टिप्पणी गरेको छ ।

शनिबार काठमाडौँमा प्रदेशसभा सरकारले सार्वजनिक गरेको बजेटका विषयमा कांग्रेस संसदीय दल वाग्मती प्रदेशले आयोजना गरेको छलफल कार्यक्रममा इन्द्रबहादुर बानियाँले वाग्मती प्रदेश सरकारले संघीयता बलियो बनाउने भन्दा पनि कमजोर र अंशुक लगाउने गरि बजेट ल्याएको टिप्पणी गरेका हुन् ।

उनले बजेटमा सरकारले खोपको उचित व्यवस्थापन गर्न नसकेको र बजेटमा पनि खोपका विषयमा स्पष्ट कुरा नभएको जिकिर गरे । बानियाँले कोरोना महामारीपछिको अवस्थामा जनतामा परेको समस्यामा पनि सरकार मौन देखिएको आरोप लगाएका छन् । त्यस्तै उनले बजेटलाई हेर्दा समृद्धिको यात्रामा अघि बढ्न नसक्ने र जनताप्रति पनि लक्षित नदेखिएको बताए ।

कार्यक्रममा वाग्मती प्रदेशसभाका कांग्रेस सदस्यहरु र स्थानीय तहका कांग्रेसका जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो । वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  १० : ०१ बजे

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार