अमेरिकाबाट नेपाल आइपुग्यो स्वास्थ्य सामग्रीको पछिल्लो खेप « Khabarhub

अमेरिकाबाट नेपाल आइपुग्यो स्वास्थ्य सामग्रीको पछिल्लो खेप


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोनाविरुद्ध लड्न अमेरिका सरकारले उपलब्ध गराएको स्वास्थ्य सामग्रीको पछिल्लो खेप नेपाल आइपुगेको छ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग तथा अमेरिका सरकारले नेपाललाई निरन्तर दिँदै आएको सहयोगको पछिल्लो खेप नेपाल आइपुगेको हो ।

विभिन्न अत्यावश्यक स्वास्थ्य सामाग्री बोकेर क्यालिफोर्नियाको ट्राभिल एयर फोर्स बेसबाट उडेको विमान आज काठमाडौं आइपुगेको हो ।

यो कोरोना महामारी नियन्त्रण तथा जीवन रक्षाका लागि दिइएको यो सहयोगमा पल्स अक्सिमिटर र व्यक्ति संरक्षणका पोशाक तथा उपकरणहरु रहेका छन् ।

अमेरिकाको संघीय आपतकालिन व्यवस्थापन एजेन्सी फेमाले प्रदान गरेको ४ लाख केएन ९५ मास्क र क्यालिफोर्नियाको गभर्नर अफिसले प्रदान गरेको साढे ४ लाख डिस्पोजेबल गाउन समेत यो सहयोगमा समावेश छन् ।

अमेरिकाले नेपाललाई खोप सहयोग गर्ने घोषणा समेत गरिसकेको छ । अमेरिकाले जुनको पहिलो साता नेपालसहित दक्षिण एसिया र दक्षिणपूर्वी एसियाका १६ देशलाई ७ मिलियन डोज भ्याक्सिन उपलब्ध गराउने घोषणा गरेको थियो ।

तर यो भ्याक्सिन अमेरिकाले नेपालमा कहिले पठाउने र कति पठाउने भन्ने अझै स्पष्ट भएको छैन ।

तस्वीर : युएसएआईडी

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ९ : ३५ बजे

अमरीश पुरीको खलनायकी स्टारडम : सरकारी सेवाबाट अभिनयमा फड्को

नेपालको पछिल्लो राजनीतिक अवस्थालाई लिएर सामाजिक सञ्जालमा बलिउड फिल्म ‘नायक’

स्वरोजगार प्रवर्द्धनका लागि २० उद्यमीलाई ल्यापटप वितरण

फिक्कल– स्थानीयस्तरमा उद्यमशीलता विकास गरी युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले

चार महिनापछि खुल्यो लहान नगरपालिकाको बैंक खाता

सिरहा– विगत चार महिनादेखि रोक्का रहेको लहान नगरपालिकाको बैंक खाता

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा धमाधम काम हुँदै

गण्डकी– आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

त्रिशूली– सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार