डीनले अध्ययन बिदा लिएर राजनीतिक नियुक्ति लिएको खुलासा « Khabarhub

डीनले अध्ययन बिदा लिएर राजनीतिक नियुक्ति लिएको खुलासा


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मध्यपश्चिम विश्वविद्यालयका एकजना डीनले अध्ययन बिदा लिएर राजनीतिक नियुक्ति लिएको खुलेको छ ।

इन्जिनियरिङ संकायका डीन अनन्तराज घिमिरेले अध्ययन बिदा लिएर ऊर्जा मन्त्रालय अन्तर्गतको विद्युत उत्पादन कम्पनी लिमिटेडको म्यानेजिङ डाइरेक्टर (प्रबन्ध निर्देशक) पदमा राजनीतिक नियुक्ति लिएका हुन् ।  विश्वविद्यालयले नियुक्तिको आधिकारिक जवाफ माग गर्दै ऊर्जा मन्त्रालयलाई पत्र पठाएको छ ।

पत्रको जवाफ भने नआइसकेको विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहले जानकारी दिए ।

उनका अनुसार घिमिरेले मलेशियाको लिंकन विश्वविद्यालयबाट पीएचडी (विद्यावारिधि) गर्ने भन्दै २०७७ मंसिर २५ गतेदेखि लागू हुने गरी एक वर्षको अध्ययन बिदा लिएका थिए ।

अध्ययन बिदा लिएका उनले विद्युत उत्पादन कम्पनी लिमिटेडमा चारवर्षे अवधि रहने प्रबन्ध निर्देशक पदमा नियुक्ति लिएको थाहा पाएपछि ऊर्जा मन्त्रालयका सचिवलाई नियुक्तिको आधिकारिक जानकारी गराउन पत्र पठाइएको हो ।

ऊर्जा मन्त्रालयको सचिव विद्युत उत्पादन कम्पनी लिमिटेडको अध्यक्ष रहने व्यवस्था भएकाले सचिवलाई पत्र पठाएको सिंहले बताए । घिमिरेले पहिला तलब पाउने गरी बिदा लिए पनि राजनीतिक नियुक्ति लिएपछि तलब रोक्का गरिएको उपकुलपति सिंहले बताए ।

नियुक्त भएको प्रमाणित भए घिमिरेलाई कानुन बमोजिम कारबाही हुने उपकुलपति सिंहले बताए । घिमिरे तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीको पालामा नियुक्त भएका हुन् ।

विश्वविद्यालयको कार्यकारी परिषदको २०७७ फागुन २३ गते बसेको बैठकले ऊर्जा मन्त्रालयसँग घिमिरेको नियुक्तिबारे स्पष्ट जानकारी माग्ने निर्णय गरेको थियो । सो निर्णयपछि गत वैशाख १९ गतेको मितिमा विश्वविद्यालयले ऊर्जा मन्त्रालयलाई पत्र लेखेर जानकारी मागेको हो ।

घिमिरे सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालयको इन्जिनियरिङ केन्द्रीय क्याम्पसको सहप्राध्यापक हुन् ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ३ : २० बजे

विधान संशोधन गरेर रास्वपा दलको नेता बन्दै बालेन्द्र, रविले पार्टी चलाउने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठकमार्फत् विधान संशोधन गरेर

औषधि उद्योगलाई आत्मनिर्भरका साथै निर्यातमुखी बनाइनेछ : मन्त्री गौतम

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले नेपालका औषधि

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

काठमाडौं– मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र उदयपुरमा

रास्वपा उम्मेदवार साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश

काठमाडौं- धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार