देउवा–मोदी टेलिफोन संवाद : चाँडै कोरोना खोप उपलब्ध गराउने मोदीको आश्वासन « Khabarhub

देउवा–मोदी टेलिफोन संवाद : चाँडै कोरोना खोप उपलब्ध गराउने मोदीको आश्वासन


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदी बीच टेलिफोन संवाद भएको छ ।

प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोनमार्फत कुरा भएको जानकारी सामाजिक सञ्जाल ट्वीटरमा दिएका छन् ।

उनले संवादका क्रममा द्विपक्षीय हितको विषयमा छलफल भएको जानकारी दिएका छन् ।

प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री मोदीले कोभिडविरुद्धको खोप आपूर्ति गर्न आग्रह गरेको र मोदीले छिटै खोप उपलब्ध गराउने आश्वासन दिएको समेत जानकारी गराएका छन् ।

मोदीले प्रधानमन्त्रीमा नियुक्त भएकोमा आफूलाई बधाई दिएकोमा प्रधानमन्त्री देउवाले धन्यवाद ज्ञापन गरेका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ३ : ३१ बजे

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

ललितपुर – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।

दाङ शाखाको ३३औँ स्थापना दिवस : पत्रकारलाई पेसामा टिकाउन राज्यले लगानी गर्नुपर्ने

देउखुरी– नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारलाई पेसामा

पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन