ओपोद्वारा रेनोभेटर्स २०२१ इमर्जिङ आर्टिस्ट प्रोजेक्ट घोषणा, कसरी सहभागी हुने ? « Khabarhub

ओपोद्वारा रेनोभेटर्स २०२१ इमर्जिङ आर्टिस्ट प्रोजेक्ट घोषणा, कसरी सहभागी हुने ?


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ओपोले आधिकारिक रूपमा ओपो रेनोभेटर्स २०२१, इमजिङ आर्टिस्ट प्रोजेक्टको तेस्रो संस्करण घोषणा गरेको छ । विश्वभरका कला तथा प्रविधि प्रेमीहरूको प्रतिस्पर्धा गर्नका लागि नयाँ प्रविधि मार्फत तेस्रो संस्करण सहित ओपोले सो प्राजेक्ट घोषणा गरेको हो ।

विश्वभर रेनोभेटर्स कार्यक्रमको थालनी मार्फत ओपोले उदयमान कलाकारहरूका लागि तिनका काम प्रदर्शित गर्ने तथा स्थापित कलाकारहरूसँग प्रेरित हुँदै मार्गदर्शन प्राप्त गर्ने उद्देश्यसहित नयाँ कार्यक्रम ल्याएको जारी विज्ञप्तिमा उल्लेख छ ।

रेनोभेटर्सले नयाँ सिर्जना

ओपो रेनोभेटर्सले नयाँ सिर्जनाकारहरूलाई प्रविधि मार्फत आफ्ना सिर्जना तथा सोच प्रस्फुटनका लागि प्रेरित गर्छ । ओपोका ग्लोबल मार्केटिङ विलियमले भने, ‘ओपोले सधैँ नै श्रृजनात्मक युवा पुस्ताका शक्तिमाथि विश्वास गर्दै तिनका उत्कृष्टता विश्वका सामु ल्याउने चाहना बोकेको छ । विश्व बदल्ने प्रेरणा आजका युवा पुस्ता माझबाटै आउने सम्भावना प्रबल छ । त्यसैले हामी तिनका रचनात्मक सोचलाई सार्थकता दिन सदैव तत्पर छौँ ।’

रेनोभेर्सको थिम प्रकाश

यस वर्षको रेनोभेर्स कार्यक्रमको थिम (विषय) प्रकाश हो । अधिकांश जीवनका लागि अपरिहार्य अंग तथा पृथ्वीमा शक्तिको प्रमुख श्रोतका रूपमा प्रकाशलाई सधैँ माया तथा आशा जस्ता सकारात्मकताको प्रतिकका रूपमा लिने गरिन्छ । प्रकाशको न्यानोपन तथा चमक मार्फत शान्ति र आशावादको प्रत्याभुति दिन सकिने र यसै मार्फत युवा रचनाकारहरूलाई कलाको नयाँ सीमा कोर्दै तिनको श्रृजनशीलताका लागि झिल्का प्रदान गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।

कलाकारका लागि ग्लोबल स्टेज

ओपो रेनोभेटर्स २०२१ले कार्यक्रममा सहभागी प्रतिभावान कलाकारहरूको विकासका लागि ग्लोबल संसाधन प्रयोगमा ल्याउनेछन् ।

विभिन्न उपहार तथा अवार्डका साथै छनोटमा परेका कलाहरू लन्डन डिजाइन फेस्टिवल र दुबई वल्र्ड एक्स्पो जस्ता ग्लोबल एग्जिबिसन तथा ग्लोबल अनलाइन एग्जिबिसनमा प्रदर्शित हुने कम्पनीले जनाएको छ ।

प्रतिस्पर्धाको अन्तिम नतिजा सेप्टेम्बर १८ मा घोषणा गरिनेछ ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ३ : ४१ बजे

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं – युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्

दलित समुदायभित्रको अन्तरजातीय विभेद हटाउन ‘नमूना समूह’

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ५ मा दलित समुदाय सामाजिक परिवर्तनका

लुपस बाथले मिर्गौलादेखि मुटुसम्म असर गर्छ : डा.अरुणकुमार गुप्ता

पछिल्लो समय नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको छ ।

माघ १ का तीन फिल्मको व्यापार कमजोर बनेपछि ‘बिगुल’को प्रदर्शन रोकियो

काठमाडौं – माघे संक्रान्तिको बिदा उपभोग गर्न माघ १ बाट

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

झापा– माटोसँग खेल्दै जीवन जिउने सपना बोकेका कलाकार विष्णु राजवंशीका