विश्वको सबैभन्दा उचाइमा ‘फेशन शो’ हुने « Khabarhub

विश्वको सबैभन्दा उचाइमा ‘फेशन शो’ हुने


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा विश्वको सबैभन्दा उचाइमा ‘माउण्ट एभरेष्ट फेशन रनवे’ को दोस्रो संस्करण आयोजना हुने भएको छ ।

नेपालसहित विश्वका विभिन्न देशका सेलिब्रेटी मोडल सहभागी हुने उक्त शो आगामी असोज ६ गते (२२ सेप्टेम्बर २०२१) मा सगरमाथा कालापत्थर क्षेत्रमा आयोजना हुने छ ।

के फिल्मस् र एमई टू फिल्मस्‌को सहकार्यममा कार्यक्रम आयोजना हुने भएको छ । फेशन रन वे को पहिलो संस्करण गतवर्ष २०७६ पुस—माघमा आयोजना भएको थियो ।

जुन कार्यक्रमले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ बाट विश्व कीर्तिमानको उपाधि प्राप्त गरेको थियो । यो वर्ष पनि कार्यक्रमलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डमा रेर्कड गराउने आयोजकको योजना छ ।

जसमा कार्यक्रमका अतिरिक्त सहभागी २ सय जनाले समेत व्यक्तिगत रुपमा वर्ल्ड रेकर्ड दर्ता गराउनेछन् ।

कार्यक्रमबारे जानकारी दिन सोमबार काठमाडौँमा आयोजना गरिएको पत्रकार सम्मेलनमा पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपालको हिमाल, पहाड र तराईको पर्यटन प्रर्वद्धनका लागि बोर्डले छुट्टाछुट्टै योजना अघि सारेको सन्दर्भमा यो कार्यक्रमले नेपालको पर्यतीय पर्यटनमा नयाँ आयाम थप्ने बताए ।

उनले विश्वसमुदायले नेपाललाई मौसमी (सिजनल) पर्यटकीय गन्त्वयका रूपमा बुझ्ने गरेको भन्दै असोजमा आयोजना गरिने यो कार्यक्रमले नेपाल सबै उमेर समूह र सबै सिजनको पर्यटकीय गन्तव्य हो भन्ने सन्देश समेत दिने बताए ।

उनले कोभिडका कारण पर्यटकीय गतिविधि हुन नसकिरहेको अवस्थामा बोर्डले अवस्था सहज हुनासाथ प्रवर्द्धनका अन्य कामलाई निरन्तरता दिने जानकारी दिए ।

कार्यक्रममा ग्लोबल आईएमई बैकका सिइओ रत्नराज बज्राचार्यले यस प्रकारका कार्यक्रमले नेपालको पर्यटनलाई अन्तरराष्ट्रिय समुदायमा परिचित गराउन थप सहयोग पुग्ने बताए ।

के फिल्मसका प्रमुख कार्यकारी अधिकृत पङ्कज के गुप्ताले विश्वकै सबैभन्दा उचाइमा गरिने यो कार्यक्रमले दिगो पर्यटनको अवधारणालाई आत्मसात गरेको र यसले विश्वको ध्यान खिच्ने बताए ।

उक्त कार्यक्रमलाई भारतका एमई टू फिल्मस्‌का सञ्चालक तथा रियालिटी शो निर्देशक श्रुती आनन्दिता बर्मा र अमिताभ एस बर्माले निर्देशन गर्नेछन् ।

कार्यक्रममा दुवैजनाले विश्वकै अग्लो सगरमाथा र त्यसको काखमा आयोजना हुने कार्यक्रमको निर्देशन गर्न पाउँदा खुशी लागेको बताउँदै यसले नेपालको शाहसीक पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने धारणा राखे ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ९ : ०७ बजे

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत