कालीकोटका विद्यालय सञ्चालनमा « Khabarhub

कालीकोटका विद्यालय सञ्चालनमा


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मान्म- कोभिड–१९ महमारीका बीच कालीकोटका सामुदायिक विद्यालय सञ्चालनमा आएका छन् ।

नरहरिनाथ गाउँपालिकाले आज सामुदायिक विद्यालय, बालविकास केन्द्र र सामुदायिक शिक्षा केन्द्र सञ्चालनमा ल्याएको हो ।

जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन समिति र जिल्ला स्वास्थ्य कार्यालयको निर्णयअनुसार विद्यालय सञ्चालन गर्न थालिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख रत्नसिंह साउदले बताए ।

“विद्यालय सञ्चालन गर्न शिक्षकलाई कोभिड–१९ परीक्षण अनिवार्य गरिएको छ, कोभिड–१९ विरुद्धको खोप लगाएर विद्यालय सञ्चालन गर्न लागिएको हो”, उनले भने, “जिल्ला कोभिड–१९ व्यवस्थापन समितिले कोभिडको जोखिम कम रहेका स्थानीय तहमा विद्यालय सञ्चालनका लागि निर्देशन दिएअनुसार विद्यालय सञ्चालन गर्न लागिएको हो ।”

विद्यालय सञ्चालन गर्ने परिपत्र गाउँपालिकाको शिक्षा शाखाले गरिसकेको र स्वास्थ्य सुरक्षाका उपाय अपनाउँदै समयमै विद्यालय सञ्चालन गरिने जनप्रभात माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक मीनबहादुर रावलले बताए ।

“विद्यालय पोसाकमा विद्यालय आउनका लागि शिक्षक तथा विद्यार्थीलाई अनिवार्य मास्क प्रयोग गरिनेछ”, उनले भने, “विद्यार्थीलाई ज्वरो आयो वा कोभिड–१९ का लक्षण देखिएमा स्वास्थ्य कार्यालयले स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाएको छ ।”

गाउँपालिकाले सबै विद्यालय सञ्चालन गर्नाका साथै कक्षा १ देखि १२ सम्म अध्यापनको थालनी गरेको शिक्षा शाखाले जनाएको छ । त्यस्तै जिल्लाको पचालझरना गाउँपालिकाले जोरबिजोर कक्षा सञ्चालन गरेर विद्यालय सञ्चालनमा ल्याएको छ ।

गाउँपालिकाका सबै विद्यालयमा जोर बारमा जोर कक्षा र बिजोर बारमा बिजोर कक्षाका विद्यार्थीलाई पढाउने गरेर विद्यालय सञ्चालनमा ल्याएको हो ।

लामो समयदेखि विद्यालय सञ्चालन नहुँदा विद्यार्थीको पढाइमा असर परेका कारणले विद्यालय जोरबिजोरका आधारमा सञ्चालनमा ल्याइएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख मानबहादुर शाहीले जानकारी दिए ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  ११ : २५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना