दोस्रोपटक आमा बन्दै स्कारलेट « Khabarhub

दोस्रोपटक आमा बन्दै स्कारलेट


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(आजतक)– ‘ब्ल्याक विडो’ अभिनेत्री स्कारलेट जोहानसन गर्भवती भएको चर्चा गत महिना खुबै चलेको थियो । अहिले स्कारलेटका पति कोलिन जोस्टले अभिनेत्री गर्भवती भएको कुरा स्वीकारेका छन् । उनले स्टेण्डअप कमेडी एक्टको बेला श्रीमति स्कारलेट गर्भवती भएको खबर सार्वजनिक गरेका हुन् ।

स्कारलेटको यो दोस्रो गर्भ हो । उनको ६ वर्षको छोरी छन् । यी छोरी उनको पहिलो विवाहबाट भएको हो । उनका पूर्व पति फ्रेञ्चमेन रोमेन दौरियाक हुन् । फ्रेञ्चमेनसँगको सम्बन्धविच्छेदपछि स्कारलेट र कोलिनले तीन वर्ष डेट गरेका थिए । त्यसपछि उनीहरुले अक्टोबर २०२० मा विवाह गरेका थिए ।

स्कारलेटको निजी जीवन निकै राम्रोसँग चलिरहेको छ । तर उनको व्यावसायिक जीवन भने केही विवादास्पद बनेको छ । उनले डिज्नीमाथि मुद्धा दायर गरेकी छन् । स्कारलेटका अनुसार उनले डिज्नी र मार्वल इन्टरटेनमेन्टका साथ फिल्मलाई थिएटरमा रिलिज गर्न अनुमति दिएकी थिइन् । तर फिल्मलाई डिज्नी प्लसमा रिलज गरेर उनको अनुमतिको उल्लंघन गरिएको थियो । हाल यो मुद्धा अदालतमा चलिरहेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  ११ : ५० बजे

अमरीश पुरीको खलनायकी स्टारडम : सरकारी सेवाबाट अभिनयमा फड्को

नेपालको पछिल्लो राजनीतिक अवस्थालाई लिएर सामाजिक सञ्जालमा बलिउड फिल्म ‘नायक’

स्वरोजगार प्रवर्द्धनका लागि २० उद्यमीलाई ल्यापटप वितरण

फिक्कल– स्थानीयस्तरमा उद्यमशीलता विकास गरी युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले

चार महिनापछि खुल्यो लहान नगरपालिकाको बैंक खाता

सिरहा– विगत चार महिनादेखि रोक्का रहेको लहान नगरपालिकाको बैंक खाता

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा धमाधम काम हुँदै

गण्डकी– आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

त्रिशूली– सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार