नेपालीको पहिचानका लागि ‘हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान’ : रूक्माङ्गद कटवाल « Khabarhub

नेपालीको पहिचानका लागि ‘हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान’ : रूक्माङ्गद कटवाल


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्व प्रधानसेनापति रूक्माङ्गद कटवालले  नेपाल र नेपालीको पहिचान तथा स्वाभिमानको लागि ‘हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान’ शुभारम्भ भएको बताएका छन् ।

व्यक्ति–व्यक्तिमा हिन्दू भाव जागरण गर्दै समाजमा सुप्त रहेका स्वाभिमान उकास्नका लागि हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानको शुभारम्भ भएको उनले बताएका हुन् ।

ललितपुरको एकान्तकुनास्थित केन्द्रीय कार्यालयमा आयोजित उद्घाटन कार्यक्रममा अभियानका राष्ट्रिय संयोजक कटवालले भने, ‘नेपालमा सबैलाई जोड्ने संस्कृति भनेकै हिन्दू संस्कृति हो । यसै भावलाई अर्थात हिन्दुत्वको स्वाभिमानलाई प्रत्येक नागरिकका मनमनमा जागरण गर्नु यस अभियानको उद्देश्य हो ।’

कार्यक्रममा राजनीतिक विश्लेषक देवेश झाले आम जनमानसले आफ्नो गौरवशाली संस्कृतिको स्वाभिमान बिस्रिएको हुनाले नै समाजमा विकृति विसंगति मौलाइरहेको बताए ।

जूममार्फत आभासी माध्यमद्वारा देशभरिका एक हजार कार्यकर्ता तथा शुभचिन्तकहरू जोडिएको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय गुरुकुल शिक्षा परिषद्का उपाध्यक्ष स्वामी केशवानन्दले हिन्दू राष्ट्रको हाम्रो सङ्कल्पना विषयमा बौल्दै सबै संस्कृतिले सहजताका साथ सास फेर्न सक्ने सुनिश्चितता नै ऋषिमुनि प्रणीत हिन्दू संस्कृति रहेको उल्लेख गरे ।

शान्तिधामका मठाधीश स्वामी चतुर्भुजाचार्यजी महाराजले स्वाभिमान जागरणबारे आफ्नो मन्तव्यमा हामीले हाम्रो स्वत्वलाई जीवनमा कायम गरे मात्र राष्ट्रले आफ्नो सही चिनारी दिन सक्ने बताए ।

हिन्दू स्वयंसेवक संघ नेपालका राष्ट्रिय सह–संघचालक कल्याण कुमार तिम्सिनाले अभियानको कार्य पद्धति र त्यसको अपेक्षित परिणामबारे मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  ४ : ३३ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर