करेन्ट लागेर चौधरी उद्योगका एक मजदुरको मृत्यु « Khabarhub

करेन्ट लागेर चौधरी उद्योगका एक मजदुरको मृत्यु


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नं २ दुम्कौलीस्थित चौधरी उद्योगमा करेन्ट लागेर एक कर्मचारीको मृत्यु भएको छ ।

उद्योग ग्रामको वियर प्लान्टमा कार्यरत देवचुली १२ निवासी ४० वर्षीय चक्रपाणी भुसालको विद्युत जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

एसी जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका भुसालको विहिबार मध्यान्ह सवा १२ बजे भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक मधुसुदन सिंहले जानकारी दिए ।

स्थानीय बासिन्दा भुसाल चौधरी उद्योगको सिनियर टेक्निसियनका रुपमा कार्यरत थिए । उक्त कम्पनीको सोही बियर प्लान्टमा झण्डै डेढ महिनाअघि आगलागी भएको थियो । आगलागीबाट बियर प्लान्टमा पूर्ण रुपमा क्षति भएको थियो ।

यस्तै, नवलपुरको कावासोतीस्थित पूर्वपश्चिम राजमार्गस्थित खरकट्टा जंगलमा आज नै ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना २ ख ७५५५ नम्बरको ट्रकले पूर्वतर्फ आउँदै गरेको लु ४६ प ४७५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक नवलपरासीपूर्व मध्यबिन्दु नगरपालिका ३ का २१ वर्षीय अमर अधिकारीको मृत्यु भएको हो ।

मोटरसाइकल चालक अधिकारीको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  ९ : ३० बजे

दुई जनाको उद्धार भएसँगै अझै आशाको किरण जीवितै छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङबाट

डेढ दशकपछि बन्दै काभ्रे प्रशासनको भवन

बनेपा– जिल्ला सदरमुकाम धुलिखेल नगरपालिका–७ स्थित सरस्वती बजार नजिक निर्माण

श्रीनगर विमानस्थलमा इन्डिगोको जहाज पार्किङका क्रममा खम्बामा ठोक्कियो

नयाँदिल्ली- श्रीनगर विमानस्थलमा इन्डिगो एयरलाइन्सको विमान पार्किङ गर्ने क्रममा खम्बामा

भारतलाई तेल आपूर्ति जारी राख्छौँ : रुसी राजदूत

नयाँदिल्ली– भारतको ऊर्जा आवश्यकता पूरा गर्न रुस प्रतिबद्ध रहेको भारतका

त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको भीषण