एनआरएनएको सहयोगमा कतारमा अलपत्र लामा स्वेदश फिर्ता | Khabarhub Khabarhub

एनआरएनएको सहयोगमा कतारमा अलपत्र लामा स्वेदश फिर्ता


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- गैरआवासीय नेपाली संघ (एनआरएनए) ले एक नेपाली चेलीलाई हवाई टिकट सहयोग गरी स्वदेश फिर्ता पठाएको छ ।

रोजगारीको सिलसिलामा विगत १९ महिनाअघि कतार आई यहाँको अल डब्लोमासिक हस्पिटालिटी कम्पनीमा काठमाडौं जिल्ला कीर्तिपुर मछेगाउँ स्थायी घर भएकी अस्मिता लामालाई हवाई टिकट सहयोग गरी स्वदेश फिर्ता पठाइएको एनआरएनए कतारकी महिला संयोजक नानू घले ब्लोनले जानकारी दिइन् ।

संयोजक घलेकी अनुसार पीडित लामा कतारमा गैर कानुनी अवस्थामा एक वर्षदेखि साथीहरूको शरणमा बस्दै आएको र पछि मेरो सम्पर्कमा आएपछि एनआरएनएले हवाई टिकट सहयोग गरेपछि मंगलबार राति हिमालय एयरलाइन्सको उडान मार्फत स्वदेश फर्काउन सफल भएको बताइन्।

एनआरएनए कतारका अध्यक्ष मोहम्मद मोक्तदाको विशेष पहलमा म स्वयम महिला संयोजक र एनआरएनए एनसीसीका सदस्य सेवक विकले नेपाली दूतावास र सरकारी कार्यलय आउने जाने यातायातको व्यवस्था गरी स्वदेश फर्काइएको उनले बताइन् ।

यसघि पनि कोरोना महामारी कारणले रोजगारी गुमाएर नेपाल फर्कन हवाईभाडा जुटाउन नसकेका नेपाली श्रमिकहरुलाई
एनआरएनएले ५५ जनालाई हवाई टिकट उपलब्ध गराई स्वदेश पठाएको थियो ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  ९ : ४५ बजे

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक बस्दैछ। बैठक दिउँसो सवा १

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं- नेपाली कांग्रेसले आज बिहान बस्ने गरि संसदीय कार्यसमिति र

जबरजस्ती करणीको जाहेरी परेपछि फरार एमाले नेता विदुर शर्मा

काठमाडौं– नेकपा एमाले दोलखाका नेता विदुर शर्मा फरार भएका छन्।

विश्वकपअघि नेपालले अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने

काठमाडौं– नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग अभ्यास खेल

देशका केही स्थानमा हावा हुरीसहित वर्षाको सम्भावना

काठमाडौं–  हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव