विमल र सावित्रा किन पुगे दोहा? « Khabarhub

विमल र सावित्रा किन पुगे दोहा?


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – घुँडामा चोट लागेर शल्यक्रियाका लागि कतारमा रहेका महिला खेलाडी सावित्रा भण्डारी र पुरुष खेलाडी विमल घर्तीमगर राष्ट्रिय पुरुष फुटबल टोलीको खेल हेर्न प्रशिक्षण स्थल पुगेका छन् ।

शनिबार राति कतारमा साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टोलीको मैत्रीपूर्ण खेल अवलोकन गर्ने खेलाडीद्वय सावित्रा र विमल खेल स्थत दोहा पुगेका हुन् ।

नेपालले कतारी दोस्रो डिभिजन क्लब अल विदा स्पोर्टस् क्लबसँग मैत्रीपूर्ण खेल खेलेको थियो । मैत्रीपूर्ण खेल भए पनि अखिल नेपाल फुटबल संघ ९एन्फा०ले त्यसको विस्तृत जानकारी दिएको छैन ।

गत फागुनमा महिला लिग खेल्ने क्रममा सावित्राको एन्टेरियर क्रुसिएल लिगामेन्ट (एसिएल) च्यातिएको थियो । सावित्राको शल्यक्रिया असार अन्तिम साता गरिएको थियो ।

यस्तै राष्ट्रिय टोलीको प्रशिक्षण क्रममा विमलको गत डिसेम्बरमा एसिएलमा समस्या देखिएको थियो । उनको फागुनमा शल्यक्रिया भएको हो ।

एन्फाले कतार एफएसँग दुबै खेलाडीको शल्यक्रिया गर्न अनुरोध गरेसँगै कतार एफएले दुबै खेलाडीको दोहास्थित अस्पेटार अस्पतालमा शल्यक्रिया गरेको थियो । हाल दुबै खेलाडी रिह्याबमा छन् ।

नेपाली टोली १ देखि १६ अक्टोबरसम्म माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको लागि तयारी गर्न कतार पुगेको हो । नेपालले त्यहाँ १६ दिन प्रशिक्षण गरेर सेप्टेम्बर २७ मा माले प्रस्थान गर्नेछ ।

कतार पुगेको नेपाली टोलीले शनिबार पहिलो मैत्रीपूर्ण खेल खेलिसकेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ९ : ४४ बजे

स्वतन्त्र मेयर बालेन साह अब रास्वपा नेता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिका मेयर

तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

म्याग्दी – पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि

आजको मौसम : तराईमा हुस्सु , हिमाली भूभागमा हिमपात

काठमाडौं – देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल

बालेनसँगको सहमति लगत्तै काठमाडौंको मेयरमा रविका दाजुको ‘उम्मेदवारी घोषणा’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र

४८ घण्टा छलफलपछि रवि र बालेनबीच सहमति, को को थिए साक्षी ?

काठमाडौं – लगातार तीन दिनदेखिको छलफललाई निष्कर्षमा पुर्याउँदै राष्ट्रिय स्वतन्त्र