पार्टी फुटाउने र जननिर्वाचित सरकार ढाल्नेहरुले राष्ट्रपतिबाट मेडल पाउनु गलत : नेम्वाङ (भिडियो) « Khabarhub

पार्टी फुटाउने र जननिर्वाचित सरकार ढाल्नेहरुले राष्ट्रपतिबाट मेडल पाउनु गलत : नेम्वाङ (भिडियो)


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट विभूषित हुनेमा केही गलत पात्र पनि रहेको बताएका छन् । संविधान दिवसको अवसरमा नेकपा एमालेले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेम्वाङले यस्तो बताएका हुन् ।

एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका पितादेखि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपत्नि विभूषित भएकोतर्फ संकेत गर्दै एमाले संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङले आपत्ति जनाएका हुन् ।

‘आज सातौँ संविधान दिवस मनाइरहँदा केहीले राष्ट्रपतिबाट घोषणा हुने मेडल पनि पाउनुहुने भएछ, यसैबाट थाहा हुन्छ हामी कता जादैछौं भन्ने,’ उनले भने, ‘जननिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतबाट विस्थापित गरेर परमादेशबाट सरकार स्थापित भएको घोषणा गर्ने अदालतका सम्बन्धित माननीय न्यायाधिसज्यूहरु र त्यो मुद्दावालाहरुले मेडल पाउने भएछन्। केपी ओलीको सरकारलाई हटाउन लागिपर्नेहरुले मेडल पाउनुभएछ।’

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  १२ : ११ बजे

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा

शीतलहरले बाढीपीडित परिवार समस्यामा

कञ्चनपुर– शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ बन्तरिया शिविरका बाढीपीडित