सरकारी विभूषण अस्वीकार गर्दै पत्रकारहरू « Khabarhub

सरकारी विभूषण अस्वीकार गर्दै पत्रकारहरू


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संविधान दिवसको अवसर पारेर सरकारले हरेक वर्ष विभिन्न संघ संस्थामा आबद्ध तथा राजनीतिक आस्थाका आधारमा व्यक्तिहरूलाई विभूषित गर्ने गरेको छ । सरकारको छनोट भने वर्ष जस्तो विवादमा पर्ने गरेका छन् ।

यस वर्ष पनि सरकारले संविधान दिवसको अवसर पारेर ९०३ जनालाई विभिन्न मानपदवीले विभूषित गरेको छ ।

गृह मन्त्रालयका अनुसार यस वर्ष २५ किसिमका विभूषण घोषणा गरिएको छ । त्यसमा ११ किसिमका मानपदवी, ८ किसिमका अलंकार र ६ किसिमका पदक रहेका छन् ।

विभूषित गरिएका केहीले भने विभूषण अस्वीकार गरेका छन् । पत्रकार हरिबहादुर थापाले सरकारले प्रदान गरेको ‘सुप्रबल जनसेवाश्री’ सम्मान नलिने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल ‘फेसबुक’ मा पदक बारे आफ्नो धारण लेख्दै अस्वीकार गरेका हुन् ।

विगतमा पदकको लागि सरकारले पटकपटक सोध्दा आफूले अस्वीकार गर्दै आएको र यसपटक भने सोध्दै नसोधी आफ्नो नाम आएको जनाउँदै उनले पदक लिन अस्वीकार गरेका छन् । कसैले किन पदक पाउँछ वा दिइन्छ भन्ने विषयमा खुला बहस हुनपर्ने उनको तर्क छ । छनौटको विधि लोकतान्त्रिक र पारदर्शी हुनुपर्ने उनको भनाइ छ ।

त्यस्तै कार्टुनिस्ट रविन सायामीले सरकारले प्रदान गरेको ‘प्रबल जनसेवा श्री’ पदक नलिने घोषणा गरेका छन् ।

उनले पनि फेसबुकमा लेखेका छन्, ‘सरकारले मलाई ‘प्रबल जनसेवा श्री’ बाट विभूषित गर्ने निर्णय गरेको रहेछ तर हाललाई यो विभूषण ग्रहण नगर्ने निर्णय गरेको छु ।’

त्यस्तै अर्का पत्रकार नारायण अमृतले पनि उक्त विभूषण नलिने जनाएका छन् । संविधान दिवसमा बिस्कुन बनाइने मानपदवी, विभूषण र अलंकार वितरणको अपारदर्शी प्रक्रियाप्रति आफू सधैँ अहसमत हुँदै आएको उनले फेसबुकमा उल्लेख गरेका छन् ।

बिना खबर, बिना प्रक्रिया र बिना मापदण्ड वितरण गरिने यस्ता पुरस्कारमा दलीय भागबण्डाको स्पष्ट दपर्ण देखिने उनको भनाइ छ ।
कसैलाई लागेर ‘फलानाको नाम पनि यो शीर्षकमा राख्दिम् न’ भनेर हचुवाको भरमा नाम समाविष्ट गरिने प्रक्रियाले खास योगदान दिने व्यक्तिलाई अवमूल्यन समेत गर्छ भन्ने मर्मकहिले बुझिएला ? उनले प्रश्न गरेका छन् ।

उनले लेखेका छन्, ‘त्यो लामबाट मेरो नाम झिकियोस् । यसरी दिने पुरस्कारका लागि म योग्य छैन भन्दै म यो भागबण्डा अस्वीकार गर्छु । दुई दशकभन्दा अघिदेखि पत्रकारिताको मूलधारमा सक्रिय छु, विवेकलाई साक्षी राखेर पेशागत मर्ममा अझै सक्रिय रहिरहेनछु ।’

त्यस्तै नयाँ पत्रिकाका प्रधानसम्पादक कृष्णज्वाला देवकोटाले सरकारको पनि अस्वीकार गरेका छन् । उनले समाजिक सञ्चालनमा लेखेका छन्, ‘ढिलो उठ्ने मान्छे, ढिलै थाहा पाएँ । नेपाल सरकारले मलाई सुप्रबल जनसेवाश्री पदक प्रदान गर्ने निर्णय गरेकोमा सरकारलाई धन्यवाद । तर, पदकहरूको वितरण विवेकपूर्ण र पारदर्शी नभएको भन्दै निरन्तर प्रश्न उठाइरहेको सञ्चारकर्मीका नाताले आफैँ पदक स्वीकार गर्नु नैतिक हुने देखिनँ । नेपाली पत्रकारितामा थोरै पनि हस्तक्षेप गर्न सकेको भए मलाई सामाजिक प्रेरणा नै पर्याप्त छ ।’

यस्तै काठमाडौँ महानगरपालिकाका पूर्व मेयर पीएल सिंहले पनि आफूले विभूषण अस्वीकार गरेको जनाएका छन् ।

गृह प्रवक्ता भन्छन् : अपेक्षा ठूलो हुँदा पनि विवाद आउँछ

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार विभूषण भनेको सरकाले प्रदान गर्ने सुविधा जस्तो हो । कसैले सरकारका सुविधा नलिने धारणाले यस्ता सम्मान अस्वीकार गर्छन् त कसैले अपेक्षा बढी भएकाले अस्वीकार गर्ने गर्छन् ।

सम्मान पाउनेहरूको अपेक्षा भन्दा कम भएको खण्डमा पनि यस्ता विवादहरू आउने गरेको उनले बताए ।

उनले भने, ‘सरकारले राष्ट्रियरूपमा ख्याति प्राप्त व्यक्तिहरूलाई दिने सम्मान हो । त्यस्ता व्यक्तिको खोजी सम्बन्धित जिल्ला प्रशासन कार्यालय मार्फत पत्राचार गरेर विवरण प्राप्त हुन्छ भने केहीलाई नेपाल सरकारले पनि विभिन्न क्षेत्रमा काम गरेका आधारमा विभूषित गर्ने गर्छ ।’

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ३ : ०७ बजे

चीनले भन्यो : हिमाल र नदीले जोडिएको छिमेकीलाई जलवायु परिवर्तनको मुद्दामा सघाउन तयार छौँ

काठमाडौं – नेपालमा आएको विनाशकारी बाढीपछि विश्वका प्रमुख हरितगृह ग्यास

हाम्रो दुःखमा मित्रराष्ट्रहरू दरिलो खम्बा बनेर उभिनुभएको छ : प्रधानमन्त्री शाह

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मित्र राष्ट्रहरू विपद्को घडीमा

बढ्यो ग्यासको मूल्य

काठमाडाैं – सडक अवरुद्ध भएपछि ढुवानीमा समस्या भएको भन्दै खाना

देउवा समूहले अनुमोदन गर्‍यो १५औँ महाधिवेशनको कार्यतालिका

काठमाडौं – नेपाली कांग्रेसकाे शेरबहादुर देउवा पक्षले पार्टीकाे १५औँ केन्द्रीय

चिलिमेको सुरुङमा पुगे राजदूत श्रीवास्तव, उद्धार प्रयास गर्दै भारतीय र नेपाली टोली

काठमाडौं– नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले रसुवाको स्याफ्रुबेँसीस्थित चिलिमे जलविद्युत्