राष्ट्रपति र प्रधानमन्त्रीद्वारा इन्द्रजात्राको अवलोकन | Khabarhub Khabarhub

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा इन्द्रजात्राको अवलोकन


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक पुगेर जात्राको अवलोकन गरेकी छिन् ।

जात्रा अवलोकन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, अर्थमन्त्री जनार्दन शार्मालगायत मन्त्रिगण, सांसद, प्रदेशसभा सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधि सहभागी भएका थिए ।

जात्राका अवसरमा राष्ट्रपति भण्डारीले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिएका थिए । यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो ।

भाद्र शुक्ल द्वादशीका दिन शनिबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्राको आज मुख्य दिन हो ।

आज तल्लोटोलमा रथयात्रा चलाइने गुठी संस्थान काठमाडौँ शाखाका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए । सोमबार माथिल्लो टोलमा रथयात्रा गरिने छ ।

असोज ८ गते महिलाले मात्र रथ तानी नानीचा यात्रा चलाइने छ । यसै दिन बेलुकी राष्ट्रपति भण्डारी हनुमानढोका दरबार जानु भई कुमारीबाट टीका एवं प्रसाद ग्रहण गर्नेछिन् । टीका, प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परासमेत छ ।

असोज ८ गते राति १०ः३६ बजे इन्द्रध्वज पातन गरेपछि दुई हप्ताभन्दा लामो इन्द्रजात्रा समाप्त हुन्छ । पातन गरेपछि इन्द्रजात्राको लिङ्गोलाई टेकु दोभानस्थित वाग्मती किनारमा सेलाइन्छ । लिङ्गो सेलाउन घिसारेर लैजाने परम्परा छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले निकालेको साइतमा लिङ्गोका लागि रुख काट्न वनयात्रा गरेपछि यो जात्राको प्रक्रिया सुरु हुन्छ । वनयात्रा, रुख कटान, लिङ्गो नगर प्रवेशलगायतको विधिपछि भाद्र शुक्ल द्वादशीका दिन इन्द्र ध्वजोत्थान गरिन्छ । इन्द्रजात्रा प्रताप मल्लको पालामा सुरु भएको विश्वास गरिन्छ । इन्द्रजात्रामा रथयात्राको चलन भने राजा गुणकामदेवले सुरु गरेका थिए । उपत्यकामा मनाइनेमध्ये यो लामो जात्रा हो ।

वर्षा र सहकालका देवताका रूपमा पूजिने इन्द्रको आज विधिपूर्वक पूजाआज पनि गरिएको थियो । जात्राका अवसरमा लाखेनाच, दश अवतार नाचलगायत, महाकाली नाच, रामचन्द्र नाच, पुलुकिसी नाचलगायत सांस्कृतिक झाँकी, नाचगान हुने गर्छ । यस पर्वका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइन्छ ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ५ : ३७ बजे

रसुवा कारागारबाट भागेका ९१ कैदीबन्दी फर्किए

रसुवा– जेन-जी प्रदर्शनका क्रममा रसुवा कारागारबाट फरार ९७ कैदीबन्दीमध्ये ९१

असन-इन्द्रचोकमा बढ्यो चहलपहल (तस्बिरहरू)

काठमाडौं– दशैँ नजिकिएसँगै असन-इन्द्रचोक क्षेत्रमा किनमेल गर्न आउनेको भीड बढेको छ

सुदन गुरूङमाथि आक्रमण प्रयास, सरकारले सुरक्षा बढायो

काठमाडौँ- ‘हामी नेपाल’का संयोजक सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ

तीन जना मन्त्री पुगे संसद् भवन निरीक्षणमा (तस्बिरहरू)

काठमाडौं– संघीय संसद्का दुई सदनको बैठक अब नयाँ बानेश्वरको संसद्

गत वर्ष विश्वभर १ सय ४६ जना भूमि तथा वातावरण रक्षकको मृत्यु

काठमाडौं- सन् २०२४ मा विश्वभर १४६ जना भूमि र वातावरण