ओमानविरुद्ध नेपालको शानदार बलिङ, २१ ओभरमा ७ विकेट पतन « Khabarhub

ओमानविरुद्ध नेपालको शानदार बलिङ, २१ ओभरमा ७ विकेट पतन


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले ओमानविरुद्धको दोस्रो खेलमा टस जितेर बलिङ गरिरहेको छ ।

टस जितेर बलिङ गरेको नेपाललै शानदार शुरुवाती गरेको छ । २१ ओभरको खेल सकिँदा नेपालले ७ विकेट लिन सफल भएको छ । ओमानले २१ ओभरको खेल सकिँदा जम्मा ६४ रन जोडेको छ ।

नेपालका करण केसी र सन्दीप लामिछानेको कसिलो बलिङका कारण अहिलेसम्म ओमानका खेलाडीहरु हावी हुन पाएका छैनन् । ४३ रन बनाउँदा ओमानले ६ विकेट गुमाएको हो । ।

पहिला ब्याटिङ गरेको ओमानले टिमको स्कोर १८ रन हुँदा जतिन्दर सिंहको पहिलो विकेट गुमाएको थियो । नेपाली खेलाडीमाथि शुरुदेखि नै हावी हुन खोजेको ओमानविरुद्ध करण केसीले विकेट लिएका हुन् । करणले जतिन्दरलाई १३ रन बनाएका बेला आशिफ शेखको हातबाट क्याच आउट गराउँदै पमेलियन पठाएका थिए ।

नेपाली टिममा ओमानविरुद्ध दुई खेलाडी परिवर्तन गरिएको छ । अमेरिकाविरुद्ध डेब्यु गरेका गुल्शन झा र अर्का खेलाडी कुशल मल्ललाई बाहिर राखिएको छ । उनीहरूको स्थानमा शरद भेषवाकर र आरिफ शेखले स्थान बनाएका छन् ।

नेपालले अमेरिकालाई पहिलो खेलमा पराजित गरेको थियो भने ओमानसँग दोस्रो खेलमा पाँच विकेटले पराजित भएको थियो ।पछिल्लो खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको थियो ।

नेपाली टोली

कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल (कप्तान), सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी, रोहितकुमार पौडेल, शरद भेषवाकर, सुशान भारी र आरिफ शेख ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ५ : ५३ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको