न्यायमा सबैको पहुँच आवश्यक : न्यायाधीश कार्की « Khabarhub

न्यायमा सबैको पहुँच आवश्यक : न्यायाधीश कार्की


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले न्यायमा सबैको पहुँच आवश्यक भएको बताएका छन् ।

कास्की जिल्ला अदालत बार एशोसिएशनको नवनिर्मित भवनको आज पोखरामा उद्घाटन गर्दै उनले कसैलाई पनि न्यायबाट वञ्चित हुन नदिने गरी काम गर्नु आवश्यक रहेको बताए ।

न्यायाधीश कार्कीले निरङ्कुशतामा कानुनी शासन हुन नसक्ने र निरङ्कुशताविरुद्धको आन्दोलनमा कानुन व्यवसायी पनि लागेको स्मरण गर्दै संविधानतः प्राप्त अधिकारलाई कार्यान्वयन गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । न्याय सम्पादनमा स्वतन्त्रता, निष्पक्षताजस्ता विषय अपरिहार्य भएको बताउँदै उहाँले स्वार्थमा नलागी न्याय दिनेतर्फ कानुन व्यवसायी अग्रसर हुनुपर्नेमा जोड दिए ।

बार एशोसिएशनको आफ्नै भवन निर्माण हुनुले न्याय सम्पादनका कामलाई प्रभावकारी बनाउने बताउँदै उनले बार एशोसिएशन र अदालतको सम्बन्ध राम्रो बनाउँदै न्याय सम्पादनलाई स्वतन्त्र र निष्पक्ष बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिए ।

कास्की जिल्ला बार एशोसिएशनका कोषाध्यक्ष युवराज पराजुलीले रु ८६ लाखको लागतमा भवन निर्माण सम्पन्न भएको जानकारी दिँदै यसले न्याय सम्पदानका गतिविधिलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।

वरिष्ठ अधिवक्ता हरिप्रसाद सुवेदी, प्रमुख जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराई, नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलगायतले न्याय सेवालाई स्वतन्त्र, निष्पक्ष बनाउनुका साथै न्यायमा सबैको पहुँच हुने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  १० : ०१ बजे

इन्डोनेसियासँग भिड्दै नेपाल, साम्बाको अनुपस्थितिमा अञ्जिलाको कप्तानी

काठमाडौं – साफ महिला च्याम्पियनसिपको तयारीमा रहेको नेपालले बुधबार इन्डोनेसियाविरुद्ध

एमालेको ११औँ महाधिवेशन उद्घाटन भक्तपुरको सल्लाघारीमा, बन्दसत्र राष्ट्रिय सभागृहमा

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा

निर्वाचन प्रयोजनका लागि आज दल दर्ताको अन्तिम दिन

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग

जसपा नेपालले सङ्घर्षका कार्यक्रम सुरु गर्दै, आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले आजदेखि सङ्घर्षका कार्यक्रम सुरु

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्तिप्रति यो