अध्यक्ष नेपालद्वारा गण्डकी प्रदेश कार्यालय उद्घाटन « Khabarhub

अध्यक्ष नेपालद्वारा गण्डकी प्रदेश कार्यालय उद्घाटन


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीको गण्डकी प्रदेश, कास्की जिल्ला र पोखरा महानगरपालिका कमिटीको कार्यालय स्थापना गरेको छ ।

पोखरा–८ जाल्पारोडमा स्थापना गरिएका कार्यालयको आज पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरे । अध्यक्ष नेपालले तीनवटै कार्यालयको शुभारम्भ गरेका हुन् । उनले पार्टी र राष्ट्रिय झण्डाको झण्डोत्तोलनसमेत गरे ।

मासिक रु ६० हजार तिर्ने गरी भाडाको घरमा प्रदेश, जिल्ला र महानगरको पार्टीले कार्यालय स्थापना गरेको पार्टीका जिल्ला अध्यक्ष धनराज आचार्यले जानकारी दिए । तीन तलाको घरमा दोस्रो तलामा जिल्ला र महानगरपालिकाको कार्यालय राखिएको छ भने माथिल्लो तलामा प्रदेश कार्यालय रहेको छ ।

कार्यालय उद्घाटनपछि संक्षिप्त भनाइ राख्दै अध्यक्ष नेपालले पार्टीका नेता कार्यकर्ताले आफूलाई अन्य पार्टीको भन्दा भिन्न रहेको व्यवहारबाट देखाउनुपर्ने बताए ।कार्यालय स्थापनापछि पार्टीका गतिविधिलाई व्यवस्थितरूपमा अघि बढाउन सहयोग पुग्ने भनाइ अध्यक्ष नेपालको छ ।

नेकपा (एकीकृत समाजवादी)ले केही दिनअघि तुलबहादुर गुरुङको अध्यक्षतामा प्रदेश कमिटी घोषणा गरेको थियो । पार्टीका जिल्ला अध्यक्ष आचार्यले जिल्लाका ७२ वडामध्ये अधिकांश वडामा पार्टी कमिटी गठन भइसकेको जानकारी दिँदै बाँकीमा छिट्टै गठन गरिने जानकारी दिए ।

जिल्ला कमिटी १८५ सदस्यीय र महानगर कमिटी १४१ सदस्यीय रहेको बताइन्छ । यसबीचमा विद्यार्थी, महिला, युवा सङ्घ, पिपुल्स भोलियन्टर्सलगायत जनवर्गीय सङ्गठनको जिल्ला कमिटी गठन भएको बताइन्छ ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ९ : १५ बजे

तनहुँ जिल्ला प्रशासनबाट तीन महिनामा ४३४ गुनासा फर्स्योट

तनहुँ– जिल्ला प्रशासन कार्यालयले तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा

पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

कास्की– पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना

बाढीले क्षति पुर्‍याएकाे तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

काभ्रे– जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह

दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति