रोल्पाका स्रष्टाद्वय टुहुरो र विभास पुरस्कृत हुँदै « Khabarhub

रोल्पाका स्रष्टाद्वय टुहुरो र विभास पुरस्कृत हुँदै


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रोल्पाका स्रष्टाद्वय डिबी टुहुरो र नवीन विभासलाई छुट्टा-छुट्टै दुई पुरस्कार प्रदान गरिने भएको छ ।

नेपाली कलासाहित्य डटकम प्रतिष्ठानको आयोजना र ललित साहित्य परिषद्, रोल्पाको सह-आयोजनमा ‘योगेश्वर वाङ्मय पुरस्कार-२०७८’ टुहुरोलाई र नेपाली कला संस्कृति प्रेमी प्रा.डा. ग्रेगरी जी मस्कारिनेकद्वारा स्थापित ‘ग्रेगरी कला संस्कृति पुरस्कार-२०७८’ विभासलाई प्रदान गरिने भएको हो ।

साहित्यलाई विशेष आत्मसात् गर्दै शिक्षा सेवी एवम् समाजसेवीका रूपमा समेत आफ्नो जीवन उत्सर्ग गरी समग्र वाङ्मयिक योगदान पुर्‍याउने रोल्पाका स्रष्टा टुहुरोलाई रु २५ हजार राशिको र रोल्पाकै कला, साहित्य तथा संस्कृतिका साधक स्रष्टा नवीन विभासलाई रु २० हजार राशिको पुरस्कार प्रदान गर्ने निर्णय गरिएको कलासाहित्य डटकम प्रतिष्ठानकी अध्यक्ष एवं वरिष्ठ साहित्यकार मोमिला जोशीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यी दुवै पुरस्कार आगामी कार्तिक १३ गते रोल्पामा हुने ‘सिर्जना उत्सव समारोह’मा समर्पण गरिने जनाइएको छ ।

यसअघि योगेश्वर वाङ्मय पुरस्कार स्रष्टाहरू डा. कृष्णराज डीसी, अमर गिरी, कृष्ण भूषण बल, उषा शेरचन, वनमाली निराकार, मुकुन्द प्रयास, दिलिप शाह, कृष्णराज ओलिया, पद्मराज जोशी, पुरीचन्द्र देवकोटा र डा. मधुसूदन गिरीलाई क्रमशः प्रदान गरिसकिएको छ ।

यसैगरी ग्रेगरी कला संस्कृति पुरस्कार क्रमशः शेरबहादुर अधिकारी, पूर्ण समीर महतारा, खडानन्द चौलागाई र मनोहर लामिछानेलाई प्रदान गरिसकिएको प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ८ : ५० बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४