रोल्पाका स्रष्टाद्वय टुहुरो र विभास पुरस्कृत हुँदै « Khabarhub

रोल्पाका स्रष्टाद्वय टुहुरो र विभास पुरस्कृत हुँदै


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रोल्पाका स्रष्टाद्वय डिबी टुहुरो र नवीन विभासलाई छुट्टा-छुट्टै दुई पुरस्कार प्रदान गरिने भएको छ ।

नेपाली कलासाहित्य डटकम प्रतिष्ठानको आयोजना र ललित साहित्य परिषद्, रोल्पाको सह-आयोजनमा ‘योगेश्वर वाङ्मय पुरस्कार-२०७८’ टुहुरोलाई र नेपाली कला संस्कृति प्रेमी प्रा.डा. ग्रेगरी जी मस्कारिनेकद्वारा स्थापित ‘ग्रेगरी कला संस्कृति पुरस्कार-२०७८’ विभासलाई प्रदान गरिने भएको हो ।

साहित्यलाई विशेष आत्मसात् गर्दै शिक्षा सेवी एवम् समाजसेवीका रूपमा समेत आफ्नो जीवन उत्सर्ग गरी समग्र वाङ्मयिक योगदान पुर्‍याउने रोल्पाका स्रष्टा टुहुरोलाई रु २५ हजार राशिको र रोल्पाकै कला, साहित्य तथा संस्कृतिका साधक स्रष्टा नवीन विभासलाई रु २० हजार राशिको पुरस्कार प्रदान गर्ने निर्णय गरिएको कलासाहित्य डटकम प्रतिष्ठानकी अध्यक्ष एवं वरिष्ठ साहित्यकार मोमिला जोशीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यी दुवै पुरस्कार आगामी कार्तिक १३ गते रोल्पामा हुने ‘सिर्जना उत्सव समारोह’मा समर्पण गरिने जनाइएको छ ।

यसअघि योगेश्वर वाङ्मय पुरस्कार स्रष्टाहरू डा. कृष्णराज डीसी, अमर गिरी, कृष्ण भूषण बल, उषा शेरचन, वनमाली निराकार, मुकुन्द प्रयास, दिलिप शाह, कृष्णराज ओलिया, पद्मराज जोशी, पुरीचन्द्र देवकोटा र डा. मधुसूदन गिरीलाई क्रमशः प्रदान गरिसकिएको छ ।

यसैगरी ग्रेगरी कला संस्कृति पुरस्कार क्रमशः शेरबहादुर अधिकारी, पूर्ण समीर महतारा, खडानन्द चौलागाई र मनोहर लामिछानेलाई प्रदान गरिसकिएको प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ८ : ५० बजे

फिलिपिन्समा संसदीय निर्वाचनअघि गोलीकाण्ड, ३ जनाको मृत्यु

मनिला- फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको बाङ्सामोरो स्वायत्त क्षेत्रको संसदीय निर्वाचनअघि

भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा एक अर्बभन्दा बढीको क्षति

काठमाडौँ- रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण

भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता

वेलिङ्गटन- प्यासिफिक टापु राष्ट्र भानुआटुको समुद्री क्षेत्रमा यात्रु डुङ्गा डुब्दा

कांग्रेस इतर समूहको बैठक बस्दै, महाधिवेशनबारे धारणा बनाउने

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहले बैठक डाकेको छ ।

राजनीतिक प्रदर्शनमा नेपाली सङ्ग्रहालयको सुरक्षा जोखिम उच्च : अध्ययन

काठमाडौँ- नेपालमा राजनीतिक आन्दोलन तथा हुलदङ्गाको समयमा सङ्ग्रहालयको सुरक्षा प्रणाली