विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य रमेश महर्जनको निधन « Khabarhub

विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य रमेश महर्जनको निधन


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य एवं नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घका अध्यक्ष रमेश महर्जनको निधन भएको छ ।

कोभिड सङ्क्रमणपछि ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत महर्जनको सोमबार निधन भएको विवेकशील पार्टीले जनाएको छ । आरबी डायमन्ड ज्वेलर्सका प्रबन्ध निर्देशकसमेत रहेका महर्जन नेपाल श्रीलङ्का चेम्बर अफ कमर्सको अध्यक्ष पनि थिए ।

महर्जनको निधनप्रति विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सामाजिक सञ्जालमा पोष्ट गर्दै अत्यन्तै सफल व्यवसायी सामाजिक व्यक्तित्वको निधनले पार्टीका लागिमात्र नभई देशैका लागि अपूरणीय क्षति भएको बताएका छन् ।

उनले लेखेका छन्, “पार्टी निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नुभएका महर्जन दुई वर्षभित्र म छोराछोरीलाई सबै व्यवसाय हस्तान्तरण गर्नु र पार्टीमा पूरै समय लगाउँछु”, भन्नुहुन्थ्यो समयले तपाईलाई पर्खिएन । तपाईको आत्मालाई चिरशान्ति र परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् ।”

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ९ : ०८ बजे

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर