तातोपानी नाकामै रोकियो एक हजार ५ सय मेट्रिक टन मल « Khabarhub

तातोपानी नाकामै रोकियो एक हजार ५ सय मेट्रिक टन मल


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनबाट तातोपानी नाकामा आइपुगेको १५ सय मेट्रिक टन मल नाकामै राेकिएको छ।

चीनले दैनिक १० वटा ट्रक र लरीका दरले मात्रै नेपाल आउन अमुमति दिएकाले २८ सेप्टेम्बरमा तातोपानी नाकामा आइपुगेको एक हजार ५ सय मेट्रिक टन मल नाकामै अड्किएको हो।

जसका कारण करिब ११ सय ट्रक तथा लरीहरु चिनियाँ नाकामा अलपत्र परेका छन्। सीमित सवारी साधन मात्र नाकाबाट पास हुन दिने गरिएकाले एक हजार ५ सय मेट्रिक टन मल काठमाडौँ आउन नसकेको हो ।

मल नआएपछि परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित चिनियाँ दूतावासलाई पत्र पठाएको छ। परराष्ट्रले चिनियाँ दूतावासलाई सहजीकरण गरिदिन पत्र पठाएको हो। ‘दूतावसाले उक्त मल नाकाबाट पास गराउनका लागि सहजीकरण गरिदिए पशंसनीय हुनेछ’ मन्त्रालयले पठाएको पत्रमा लेखिएको छ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ९ : २६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया