स्रष्टाहरुलाई फुलाराको ‘राष्ट्रिय मानार्थ सम्मान’ « Khabarhub

स्रष्टाहरुलाई फुलाराको ‘राष्ट्रिय मानार्थ सम्मान’


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘हाम्रो एकै दृष्टिकोण, लक्ष्य र उद्देश्य, नेपाली मौलिक कला, संस्कृति र साहित्य’ भन्ने मूल नाराका साथ फुलारा लिटरेचर फाउण्डेसन नेपालले विभिन्न क्षेत्रका स्रष्टालाई ‘राष्ट्रिय मानार्थ सम्मान २०७८’बाट सम्मान गरेको छ । फाउण्डेसनले नेपाली कला, संस्कृति, समाज, भाषा, साहित्य, फिल्म, पत्रकारितालगायतका विधामा रही विशिष्ठ योगदान दिएका व्यक्तिहरूलाई अनलाइनमार्फत सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।

विधागतरूपमा रहेका सम्मानित व्यक्तित्वहरूको नामावली, प्रमाण पत्र र शुभकामना पत्र फेसबुक, इमेल, भाइबरमार्फत सार्वजनिक गरिएको छ । संस्थाका अध्यक्ष भीष्मराज फुलाराले संस्थाको तेस्रो वार्षिकोत्सवको अवसरमा सम्मान गरिएको बताए ।

जसअनुसार लेखन विधातर्फ नेपाली वाङमय शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशी, नेपाली महिला लेखिका माया ठकुरी, कला लेखक देवेन्द्र थुम्केली, साहित्यकार कृष्ण धरावासी, पूर्णकालिक लेखक बुद्धीसागर, भैरव रिसाल, नयनराज पाण्डे, अमर न्यौपाने, रामलाल जोशी, सुविन भट्टराईलगायत छन् ।

कला र कलाकारितातर्फ राजेश हमाल, नीर शाह, भुवन केसी, धिरेन शाक्य, करिश्मा मानन्धर, रविन्द्र खड्का, मोहन निरौला, तीर्थ थापा, दयाराम दाहाल, आकाश अधिकारी, पिताम्बर आचार्य, धर्मेन्द्र मरबैता, किशोर सुब्बा, रामेशकुमार राई, उमेश खड्का, सुमिना श्रेष्ठ, सुमन दाहाल, निखिल उप्रेती, विराज भट्ट, निता ढुंगाना, नवल खड्का, मुर्तिकार लक्ष्मण भुजेललगायत छन् ।

संगीततर्फ भक्तराज आचार्य, शम्भुजित बास्कोटा, सत्यकला राई, राजु सिंह, रामकृष्ण ढकाल, स्वरूपराज आचार्य, अन्जु पन्त, कृष्ण कँडेल, शिव परियार, चेतन सापकोटा, अर्जुन पोखरेललगायत छन् ।

पत्रकारितातर्फ मदनकुमार श्रेष्ठ, केशबहादुर कार्की, बालकृष्ण बस्नेत, फुलमान वल, रवी लामिछाने, ऋषि धमला, मनहरी थापा, सानुकाजी श्रेष्ठ, देवेन्द्र खापुङ लिम्बु, मानवी बानियाँ, सुमनकुमार श्रेष्ठ, अनन्त वाग्ले, कुवेर गिरी, टिबी विरही, गीता अधिकारी लगायत छन् ।

यसैगरी सामाजिक अभियन्ताहरू यज्ञराज पाठक, पुष्पराज पाण्डे, मोहनबहादुर केसी, मुकुन्द पौडेल, प्रदिप रिजाल, सानुभाई खड्का, सौन्दर्य र फेसनतर्फ इनु थापा, संगीता थापा, रिना शाक्य, छब्बु कार्की, नारायण भट्टराई, सुनिता मरासैनी, निशा राना, अमृता कँडेल, अधिवक्ता खगेन्द्र जिसी, राजनीतिज्ञ एवं सामाजिक अभियन्ता आनन्द विष्ट, व्यवसायी वाला घिमिरे, विश्वनाथ बराल, सञ्चारकर्मीहरू कृष्ण केसी, संगीता थापा, किरण मरहट्ठा, किशोर पन्थी, तोया दाहाल, विकास न्यौपाने, विशाल पौडेल तथा गायक यम बराल, समाजसेवी मकेन्द्र सिंह, तेजेन्द्र कँडेललगायत व्यक्तित्वहरू सम्मानित भएका छन् ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  १२ : ३९ बजे

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान

बागमतीमा आशा लामासहित पाँच राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, ह्विप उल्लंघन गरेको आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ– भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा

वासिङ्टन- मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ

बोलिभियाको सैन्य परिसरमा विस्फोट, दुई जनाको मृत्यु, ८१ घाइते

वियाचा- बोलिभियाको एक सैन्य परिसरमा शुक्रबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा