वर्षासँगै चलेको हावाहुरीले बालीनालीमा क्षति « Khabarhub

वर्षासँगै चलेको हावाहुरीले बालीनालीमा क्षति


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– दुई दिनदेखि वर्षासँगै चलेको हावाहुरीले खोटाङमा बालीनालीमा क्षति पुर्‍याएको छ । वर्षासँगै चलेको हावाहुरीले पाक्न लागेको धान, कोदो, जुनेलोलगायतका बालीनालीमा क्षति पुर्‍याएको हो ।

भित्र्याउने बेलाको बालीनालीमा क्षति पुग्दा किसान चिन्तित बनेका छन् । जिल्लाका दुई नगरपालिका र आठवटै गाउँपालिकाका किसानले लगाएको बालीनालीमा पानी र हावाहुरीले क्षति पुर्‍याएको हो ।

हावाहुरीले सबैभन्दा बढी धानबालीमा क्षति पुर्‍याएको कृषि ज्ञान केन्द्रले जनाएको छ । १० नंग्रा खियाएर लगाएको बालीनाली सखाप हुँदा किसानको बेहाल बनाएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका ३ बाम्राङका वडा अध्यक्ष ललित राईले बताए ।

हाल हावाहुरीले निमिट्यान्न बनाएर ढालेको धानको तस्बीर सामाजिक संजालमा छाइरहेको छ । दिक्तेलका स्थानीय नवराज राईले हावाहुरीले लडाएको धानबालीको फोटो फेसबुकमा राखेर ‘धान स्वाहा भयो’ लेखेका छन् । दिक्तेलकै शिक्षक ज्ञानप्रसाद आचार्यले ‘वर्षभरिको कमाइ एकै छाक’ भन्दै हावाहुरीले ढालेको धानबालीको फोटो सामाजिक संजालमा राखेका छन् ।

खोटाङमा जिल्लाभरि १२ हजार ८९८ हेक्टर जमिनमा धान रोपाइँ हुने गरेको छ । यहाँ आर्थिक वर्ष २०७७–०७८ मा २९ हजार ३४२ मेट्रिक टन र आर्थिक वर्ष २०७६–०७७ मा १८ हजार ७०० मेट्रिक टन धान उत्पादन भएको थियो ।

 

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ८ : ५० बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको