भारतीय सेनाको टोली जंगी अड्डामा « Khabarhub

भारतीय सेनाको टोली जंगी अड्डामा


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल भ्रमणमा रहेको भारतको नेसनल डिफेन्स कोर्स – २०२१ को अधिकृतहरुले मंगलबार नेपाली सेनाको मुख्यालय जंगी अड्‍डाको भ्रमण गरेका छन् । जंगी अड्‍डामा आयोजित एक कार्यक्रमकाबीच प्रधान सेनापति प्रभुराम शर्मासँग उक्त भ्रमणदलका प्रमुख रिअर एडमिरल धिरेन भिगले शिष्टाचार भेट गरेका थिए ।

उक्त टोलीलाई नेपाली सेनाको गतिविधिबारे जानकारी दिने र अन्तरक्रिया गर्ने कार्य भएको नेपाली सेनाका प्रवक्ता सन्तोषवल्भव पौडेलले जानकारी दिए । कार्यक्रमको शुरुमा प्रधान सेनापति शर्माले आफ्नो स्वागत मन्तव्य राख्दै यस्तो भ्रमणबाट दुई देशका सेनाबीच रही आएको सम्बन्धको सुदृढीकरण गर्न तथा द्विपक्षिय सुरक्षा चासोका विषयहरुको सम्बोधनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए ।

उनीहरु गत असोज ३१ गते नेपाल आएका थिए । अध्ययन टुरमा आएका उक्त टोलीमा अस्ट्रेलिया, भुटान, माल्दिभ्स र श्रीलंका शिक्षार्थी पनि सामेल थिए ।

यसैबीच सेनाको सो टोलीले मंगलबार नै रक्षामन्त्री डा. मिनेन्द्र रिजालसँग पनि भेट गरेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  १० : ५० बजे

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको