कोरोनाले मृत्यु हुनेको संख्या ५१ लाख ४६ हजार नाघ्यो « Khabarhub

कोरोनाले मृत्यु हुनेको संख्या ५१ लाख ४६ हजार नाघ्यो

५ लाख ४६ हजार ७८ संक्रमित थपिए


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५१ लाख ४६ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार ४८२ संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या ५१ लाख ४६ हजार ७८ पुगेको हो ।

ओल्डोमिटरको तथ्यांकअनुसार रुसमा थप एक हजार २५१, अमेरिकामा एक हजार ४२, ब्राजिलमा २७९, टर्कीमा २२६ र बेलायतमा १९९ संक्रमितको मृत्यु भएको हो ।

यही अवधिमा ५ लाख ४६ हजार ७८ जना संक्रमित थपिएका छन् भने ४ लाख ३ हजार ७४२ जना संक्रमणमुक्त भएका छन् ।

अमेरिकामा ९० हजार ५२५, बेलायतमा ४६ हजार ८०७, रुसमा ३७ हजार ३७४, टर्कीमा २२ हजार २३४ र ब्राजिलमा १२ हजार ३०१ संक्रमित थपिएका हुन् ।

योसहित कुल संक्रमितको संख्या २५ करोड ६२ लाख ९६ हजार ३२० पुगेको छ ।

त्यसैगरी अमेरिकामा ५८ हजार २९६, रुसमा ३६ हजार ८९४, बेलायतमा ३३ हजार ८९४, टर्कीमा २९ हजार ५३८ र ब्राजिलमा १२ हजार ९७ संक्रमित थप निको भएका हुन् ।

यससँगै विश्वभर निको हुनेको संख्या २३ करोड १५ लाख २ हजार ३३७ जना निको भइसकेका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ६ : २५ बजे

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

काभ्रेपलाञ्चोक– यहाँ आज भएका बेग्लै दुई घटनामा दुई जनाको मृत्यु

जम्मु कश्मीरमा हिम–पहिरो, सात जनाको मृत्यु

एजेन्सी– जम्मु कश्मीर नजिकैको अग्लो पहाडी पास जोजिला पासमा हिम–पहिरो

वर्षमानद्वारा स्वर्णिमको आर्थिक सुधार प्रयासको सराहना

काठमाडौं– पूर्वअर्थमन्त्री एवं नेकपा नेता वर्षमान पुनले नवनियुक्त अर्थमन्त्री डा.स्वर्णिम

एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

काठमाडौं- नेकपा एमालेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको

ओली पक्राउविरुद्ध पोखरामा पनि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको