मुखको क्यान्सरबाट बच्न यसो गर्नुहोस् « Khabarhub

मुखको क्यान्सरबाट बच्न यसो गर्नुहोस्


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

पछिल्लो केही दशकयता मुखको क्यान्सरको समस्या बढ्दो क्रममा छ । मुखको क्यान्सर हुनुको प्रमुख कारण सुर्तीजन्य पदार्थको सेवन हो । धूम्रपान, सुपारीजन्य पदार्थको सेवनले मुखको क्यान्सर हुने गरेको छ । सुर्तीजन्य पदार्थको लत त्याग्नु पर्दछ ।

मद्यपान पनि मुखको क्यान्सरको प्रमुख कारण मानिन्छ । जुनसुकै ब्रान्ड वा प्रकारको रक्सी सेवन गरे पनि मुखको क्यान्सर हुन सक्छ । मद्यपानका क्रममा कतिपयले सुर्तीजन्य पदार्थको पनि सेवन गर्नाले मुखको क्यान्सर हुने सम्भावना झनै बढेर जान्छ । यस अलावा अल्कोहल, जंकफुड, र–फुड, केमिकल हालेको सागसब्जीका कारण पनि मुखको क्यान्सर हुन सक्छ ।

क्यान्सरबाट बच्न नुन कम हालेको खानेकुरा खानु राम्रो हुन्छ । मुखमा भएका परिवर्तन, घाउ–खटिरा, दाग लगायतले मुखको क्यान्सरको संकेत गर्दछ । तसर्थ बिहान–बेलुका, खाना खाएपछि राम्रोसँग मुखको सफाइ गर्नु पर्दछ । त्यसैले खाना खाएपछि मुख कुल्ला गर्न ५ मिनेट समय छुट्याउनुहोस् । यस अलावा क्यान्सरबाट बच्न सन्तुलित खाना, हरियो सागपात, फलफूल खानु पर्दछ ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ६ : ४३ बजे

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

चिन्नुहोस् ओस्कार २०२६ का विजेता (सूचीसहित)

लस एन्जलस – हलिउडका उत्कृष्ट र प्रभावशाली व्यक्तित्वको सहभागितामा चलचित्र

आदर्श श्रेष्ठको नियुक्ति शतप्रतिशत गलत, पद नलिन महावीर पुनको आग्रह

काठमाडौँ – पूर्वमन्त्री एवं प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य महावीर पुनले राष्ट्रिय

‘श्रम संस्कृति मौरी हो, श्रमले मात्र देश बन्छ’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका पूर्वप्रमुख

रवि लामिछानेको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटको सुनुवाइ आज हुँदै

काठमाडौँ – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति