अफगानिस्तानमा चरम मानवीय संकट परेको भन्दै सहयोगका लागि आह्वान   « Khabarhub

अफगानिस्तानमा चरम मानवीय संकट परेको भन्दै सहयोगका लागि आह्वान  


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल – राष्ट्रसंघले अफगानिस्तानमा मानवीय संकट चुलिएको भन्दै विश्व समुदायलाई सहयोगका लागि आह्वान गरेको छ । राष्ट्रसंघका लागि अफगानिस्तानकी दूत दिवोराह लायोन्सले अफगान जनताललाई वित्तिय र मानवीय सहयोग गर्न दातृ निकायलाई आह्वान गरेकी हुन् ।

राष्ट्रसंघका अनुसार अफगानिस्तानको चार करोड जनसंख्यामध्ये ६० प्रतिशत जनसंख्या भोकमरीको चपेटामा परेको छ । हिउँद लागेसँगै त्यहाँको अवस्था डरलाग्दो देखिएको छ । खाद्यन्न अभावकै कारण विकृति देखिएका छन् । मानिसहरुले आफ्ना सन्तान बेच्न थालेका छन् । केही अभिभावकले बालबालिकालाई विद्यालय पठाउन छोडेका छन् भने बाल विवाहका घटना बढेका छन् ।

‘यतिबेला अफगानिस्ताका मानिसहरुको समस्याबाट भाग्ने समय होइन्,’ लायोन्सले भनिन् । संकटको समयमा अफगानिलाई बिर्सनु गंम्भीर भूल हुने र त्यसले नराम्रो परिणाम ल्याउने पनि उनले चेतावनी दिइन् ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ८ : ०८ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी