प्रभु साहको निर्वाचन क्षेत्रमा प्रचण्डको आमसभा « Khabarhub

प्रभु साहको निर्वाचन क्षेत्रमा प्रचण्डको आमसभा


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रौतहटको कटहरियामा हुने आमसभालाई सम्बोधन गर्ने भएका छन् । गत २९ कात्तिकमा मिति तय भएर पनि प्रचण्डको स्वास्थ्यका कारण स्थगित भएको आमसभालाई सम्बोधन गर्न उनी शनिबार रौतहट जान लागेका हुन् ।

यो क्षेत्र नेकपा (एमाले) नेता प्रभु साहको निर्वाचन क्षेत्र हो । साह माओवादी परित्याग गरी एमालेमा प्रवेश गरेका थिए । प्रचण्डले सभालाई सम्बोधनका साथै पार्टी प्रवेश कार्यक्रम पनि हुने जिल्ला संयोजक देवेन्द्र पटेलले जानकारी दिए ।

‘कटहरिया बजारको पाँच बिघा क्षेत्रफलमा विशाल आमसभा गर्ने तयारीमा लागेका छौं,’ पटेलले भने, ‘प्रचण्डको विशेष सम्बोधनका साथै विभिन्न पार्टी परित्याग गरी आउनेलाई पार्टी प्रवेश कार्यक्रम पनि आयोजना हुनेछ ।’ तर, माओवादी प्रवेश गर्ने जिल्ला तहका प्रतिनिधि र स्थानिय तहका निर्वाचित वडा अध्यक्षलाई प्रचण्डले पार्टी प्रवेश गराउने छन् ।

पूर्वमाओवादी सांसद साहको गृहनगर मौलापुरमा आमसभा राख्ने प्रस्ताव पार्टी भित्रवाट आए पनि अन्ततः छिमेकी नगरपालिका कटहरियामा आमसभा हुनेछ । साहको निर्वाचन क्षेत्रमा माओवादीले जित हासिल गरेका मौलापुर र कटहरियाका मेयर भने पार्टी नै परित्याग गरी नेकपा एमालेमा प्रवेश गरिसकेका छन् । सोही स्थानमा माओवादीले प्रचण्डलाई विशेष अतिथिका रुपमा बोलाएको हो ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ९ : ४० बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको