खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा ४ अभियुक्त पक्राउ « Khabarhub

खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा ४ अभियुक्त पक्राउ


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ – खुकुरी प्रहार गरी रिजन दाहालको हत्या गरेको आरोपमा प्रहरीले चार जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका-७ का विक्रम खड्का, बुढीगंगा गाउँपालिका-६ का ईश्वर लिम्बु, सोहीका सुदीप उराउ र एक १८ वर्षीय किशोर रहेका छन् ।

२८ कात्तिक राति खुकुरी प्रहारबाट गम्भीर घाइते स्थानीय बासिन्दा रिजनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । घटनामा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीहरू उपर जिल्ला अदालत मोरङबाट कर्तव्य ज्यान मुद्दामा पाँच दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ११ : १६ बजे

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र