विमानस्थलको एक्स रे पार गरेका व्यक्तिको खानतलासी गर्दा २ किलो सुन भेटियो « Khabarhub

विमानस्थलको एक्स रे पार गरेका व्यक्तिको खानतलासी गर्दा २ किलो सुन भेटियो


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दुबईबाट शुक्रबार विहान काठमाडौँ ओर्लिएका दाङका सीताराम चौधरी र सिरहाका सरोज सहनीलाई कट्टुभित्र एक–एक किलो लेदो अवस्थामा पोको पारेर राखिएको सुनसहित नियन्त्रणमा लिइएको विमानस्थल सुरक्षा प्रमुख एसएसपी राजेश बाँस्तोलाले जानकारी दिए ।

सुन ल्याउने दुबै जना वैदेशिक रोजगारीका सिलसिलामा गएको र नेपाल आउँदा भारतीय नागरिकले पठाएको बयान दिएका छन् । ‘अन्दाजी दुई किलो हो । भन्सारमा बुझाउँदैछौं,’ एसएसपी बाँस्तोलाले भने, ‘इण्डियनले पठाएको भनेका छन् । थप अनुसन्धान हुँदैछ ।’

उनकाअनुसार दुबै जनाले भित्रि वस्त्र अन्डरवेयरभित्र कपडाको सेनिटेरी प्याडजस्तो बनाएर सुन विमानस्थलको एक्सरे मेसिन पार गराएका थिए । तर पार्किङस्थलमा अस्वभाविक हाउभाउ देखाएपछि प्रहरीले खानतलासी गर्दा सुन फेला परेको हो ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ८ : ३२ बजे

चिसो बढेपछि हुम्लाको यारी भन्सार कार्यालय बन्द

हुम्ला– हिल्सास्थित यारी नाका भन्सार कार्यालय तीन महिनाका लागि बन्द

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ

गोल्डेन ग्लोबसँगै अवार्ड सिजनको सुरुवात : लियोनार्डोको फिल्मको वर्चस्व

काठमाडौं – विश्वभर प्रतिक्षा गरिने अवार्ड सिजनको औपचारिक सुरुवात ८३औँ

‘हांगोर’ले बंगलादेशमा चासोको कलाकार बनेका नेपाली नायक प्रमोद अग्रहरी !

काठमाडौं – नायक प्रमोद अग्रहरीले गत बिहीबार एक फिल्मको टिजर

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन