सर्वदलीय बैठकअघि सत्ता गठबन्धनको बैठक बस्दै « Khabarhub

सर्वदलीय बैठकअघि सत्ता गठबन्धनको बैठक बस्दै


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठकअघि सत्ता गठबन्धनको बैठक बस्दैछ।

विभिन्न राष्ट्रिय मुद्दामा साझा धारणा बनाउन सत्तारुढ दलको बैठक बोलाइएको सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् । ‘साझा धारणा निर्माणका लागि दिउँसो २ बजे सत्तारुढ गठबन्धनको बैठक बस्नेछ,’उनले भने।

बैठकमा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवासहित, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा नेपालकी नेत्री दुर्गा पौडेल सहभागी हुनेछन्।

त्यसपछि अपराह्न ४ बजे सर्वदलीय बस्नेछ । संसद्मा जारी अवरोध, एमसीसीलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले बैठक आह्वान गरेका हुन् । बैठकमा संसद्मा सहभागि सबै दलका शिर्ष नेताहरूलाई बोलाइएको छ ।

विगत लामो समयदेखि नेकपा (एमाले) ले अवरोध गर्दै आएकाले दुवै सदनका काम कारबाही प्रभावित हुँदै आएको छ । एमाले आजको बैठकमा पनि सहभागी हुने छैन ।

प्रतिनिधिसभाको आगामी बैठक पुस ६ गते मंगलबारका लागि आह्वान गरिएको छ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ९ : ०४ बजे

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा

प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन

किमाथांका–  कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत

उपेन्द्र भन्छन- मधेशको अधिकार र पहिचानका लागि धेरै लड्यौँ, अब कसैले हेप्न सक्दैनन्

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार,

युरोपियन युनियनसँग ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौतापछि भारत उत्साहित

काठमाडौं- भारत र युरोपियन युनियन (ईयू) बीच स्वतन्त्र व्यापार सम्झौता