यी दुई कारण एमाले सर्वदलीय बैठकमा सहभागी नहुने | Khabarhub Khabarhub

यी दुई कारण एमाले सर्वदलीय बैठकमा सहभागी नहुने


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले प्रमुख दुई कारणले सहभागी नहुने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा निम्ता गर्न फोन गरेका प्रधानमन्त्री देउवालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्ष दलसँग सल्लाह नगरी बैठक बोलाएको र संसद गतिरोध हलका लागि पहल नगरेको दुईवटा कारण देखाएर सहभागी हुन नसक्ने जवाफ दिएका छन् ।

‘हिजो प्रधानमन्त्रीज्यूले अध्यक्षज्यूलाई फोन गरेर सर्वदलीय बैठकका लागि निम्ता दिनुभएको थियो,’संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले भने, ‘अध्यक्षज्यूले प्रधानमन्त्रीज्यूलाई दुई कारणले उपस्थित हुन नसक्ने जानकारी दिनुभएको छ । पहिलो प्रतिपक्ष दलसँग कुनै सल्लाह नगरी औपचारिकता निभाउनका लागि बैठक आह्वान गरेको र दोस्रो जुन माग राखेर संसदमा अवरोध भइरहेको छ, त्यो हल गर्नतर्फ प्रधानमन्त्री अझै लाग्नु भएको छैन ।’

शनिबार साँझ फोन गरेर बैठकमा आउन आग्रह गरे पनि ओलीले एमालेसँग विभाजित भएका नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेताहरुलाई अझै स्वीकार नगरेका कारण उनीहरू उपस्थित बैठकमा नआउने प्रस्ट पारेको नेम्वाङको भनाइ छ ।

नेकपा एमाले विभाजित गरी नेकपा (एस) गठन गर्दा पार्टीको सिफारिसअनुसार सभामुख अग्निप्रसाद सापकोटाले कारवाहीको सूचना टाँस नगरेको भन्दै एमालेले निरन्तर संसद अवरोध गरिरहेको छ ।

१०औं महाधिवेसनमासमेत नेकपा (एस)लाई निमन्त्रणा नदिएको एमालेले आफ्नो माग सम्बोधन नभएको भन्दै प्रधानमन्त्री देउवाले बोलाएको सबै सर्वदलीय बैठक बहिस्कार गर्दै आएको छ । प्रधानमन्त्री देउवाले आह्वान गरेको सर्वदलीय बैठक आज अपरान्ह ४ बजे वालुवाटारमा बस्दैछ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ११ : ४० बजे

प्रधानमन्त्री भन्छन् : नेपालीको नशा नशामा क्रिकेट छ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल

‘महाभोज’ हेरेपछि प्रचण्डले भने : सामन्तवादको अवशेष समाजमा अझै छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी मुलुक भारतको औपचारिक

धरहरा चढ्नेहरुको संख्या दोब्बरले बढ्याे

काठमाडौं – धरहरा खुल्ने समय थप भएसँगै अवलोकनका लागि आउनेहरूको

सप्तरीबाट ठूलो परिमाणमा गाँजासहित एक महिला पक्राउ

सप्तरी – सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोस्थित रामकेवल मण्डलको घरबाट ठूलो