बाघको त्रासमा राप्ती सोनारीवासी « Khabarhub

बाघको त्रासमा राप्ती सोनारीवासी


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राँझा- बाँकेको राप्ती सोनारी गाउँपालिकाको जङ्गल क्षेत्रमा बाघले मान्छे झम्टिन थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् ।

केही महिनाअघिसम्म राप्ती नदीवारी बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा देखिने गरेकामा अहिले सो गाउँपालिकाको वडा नं ६ स्थित फत्तेपुरको जङ्गल क्षेत्रमा बाघले मान्छेमाथि आक्रमण प्रयास गर्ने गरेको छ ।

शनिबार बिहान राप्ती सोनारी–५ बिनौनातर्फ जाने क्रममा जनसिद्देश्वर बहुमुखी क्याम्पस फत्तेपुरका प्रमुख लोकमणि बटालालाई बाघले झम्टिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

उनका अनुसार क्याम्पसबाट शनिबार बिहान साढे ६ बजे मोटरसाइकलमा घरतर्फ जाँदै गर्दा आलीनगरमा पर्ने थारुमरैला खोलामा बाघले झम्टिँदा क्याम्पस प्रमुख बटाला भाग्न सफल भएका हुन् । आलीनगर पुग्नैलाग्दा ओरालो बाटोमा पछाडिबाट बाघ झम्टिन आएको थियो ।

बाघले झम्टे पनि पन्जाले नभेटाएकाले आफु बाँच्न सफल भएको क्याम्पस प्रमुख बटालाले बताए । शनिवार दिउँसो नै बाँकेको फत्तेपुरस्थित जङ्गलमा दाउरा खोज्न गएका दुई जनालाई पाटेबाघले घेरा हालेपछि उनीहरु रुखमा चढेर ज्यान जोगाउन सफल भएका छन् ।

वडा नं ६ फत्तेपुरस्थित राप्ती पीडित तथा गुलरी सामुदायिक वनभित्र दाउरा खोज्न गएका अशोककुमार थारु र राजाराम थारुलाई बाघले शनिबार दिउँसो घेरा हालेर आक्रमण गर्ने प्रयास गरेको थियो । अशोक डाँडाटेपरी र राजाराम गुलरी निवासी हुन् ।

बाघले लखेटेर घेरा हालेपछि अशोक र राजारामले रुखमा चढेर ज्यान जोगाएको राप्ती पीडित तथा गुलरी सामुदायिक वन उपभोक्ता समितिअन्तर्गत रहेको चोरी सिकारी नियन्त्रण समितिका संयोजक सिताराम थारुले बताए ।

बाँकेमा गत भदौ अन्तिम साता राप्ती सोनारी–१ कुसुमस्थित गाभरमा बाघले मान्छे खाएको थियो । त्यसको करिब डेढ महिनापछि नरैनापुरमा पनि बाघले मान्छे खाएको थियो । निकुञ्ज क्षेत्रमा रहेका बाघलाई निकुञ्ज कार्यालयले निगरानीमा राख्दै आएको छ । बाघको निगरानी बढाउन त्यस क्षेत्रमा क्यामेरा जडान गरिएको निकुञ्ज प्रशासनले जनाएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले दुई हात्ती र नेपाली सेनासहितको टोलीले २४सै घण्टा गस्ती गरिरहेको जानकारी दिए । बाघले आक्रमण गर्नसक्ने खतरा रहेकाले राजमार्गमा स्कुटर चलाउन रोक नै लगाइएको र मोटरसाइकल तथा अटोरिक्सालगायत साना सवारी साधनलाई समूहमा मात्र गुड्न दिइएको साहले बताए ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ११ : ४५ बजे

महिला चेम्बरद्वारा अग्रणी महिला सम्मानित

काठमाडौँ– राजनीति, न्याय, शिक्षा, समाजसेवा, कला, प्रशासन, पर्यटन, खेलकूद लगायतका

हतियार बोक्नेले भन्दा मोबाइल बोक्नेले धेरै अपराध गर्दै

काठमाडौं- एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले प्रतिशोधको

काठमाडौँका यी स्थानमा आज चार घण्टा विद्युत अवरुद्ध हुने

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज विद्युत कटौती

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २१ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २१ गते शनिबार वैशाख