एमाले कर्णाली प्रदेशको बैठक बस्दै, अधिवेशन मुल आयोजक समिति गठन हुने « Khabarhub

एमाले कर्णाली प्रदेशको बैठक बस्दै, अधिवेशन मुल आयोजक समिति गठन हुने


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आउँदो ८ माघको प्रदेश अधिवेशनबारेमा निर्णय लिन नेकपा एमाले प्रदेश कमिटीको बैठक बस्दै छ ।

केन्द्रीय कार्यालयको परिपत्रअनुसार २३ पुसको जिल्ला अधिवेशन र ८ माघको प्रदेश अधिवेसनको तयारीका बारेमा छलफल गर्न कर्णाली प्रदेश कमिटीको बैठक बस्न लागेको हो ।

‘आजको बैठकले प्रदेश कमिटीको अधिवेशनका लागि मुल आयोजक समिति गठन गर्नेछ भने २३ पुस भित्र गर्नुपर्ने जिल्ला अधिवेशनका लागि आवश्यक निर्णय लिनेछ,’ केन्द्रीय सदस्य विष्णु रिजालले भने, ‘जिल्ला कमिटीहरूले प्रदेशमा बुझाउनु पर्ने आर्थिक दायित्वसहित प्रदेश पदाधिकारीको पदभार ग्रहणसमेत गराउने कार्यक्रम छ ।’

एमालेको हालै बसेको दोस्रो केन्द्रीय समिति बैठकले २३ पुस भित्र जिल्ला र ८ माघ भित्र प्रदेश अधिवेशन गर्न निर्देशन दिएअनुसार सुर्खेतमा बैठक बस्न लागेको हो ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  १२ : ४० बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर