नेप्सेमा तीन कम्पनीको सेयर मूल्य समायोजन « Khabarhub

नेप्सेमा तीन कम्पनीको सेयर मूल्य समायोजन


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ ।

नेप्सेले यस दिन प्रभु बैंक, सनराइज बैंक र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस समायोजन गरी मूल्य समायोजन गरेको हो ।

नेप्सेले यस दिन प्रभु बैंकको १२ प्रतिशत, सनराइज बैंकको छ दशमलव ६५ प्रतिशत र मनकामना स्मार्ट लघुवित्तको १७ प्रतिशत बोनस सेयर समायोजन गरेको हो।

समायोजनपछि सनराइज बैंकको सेयर मूल्य दुई सय ५४ रुपैयाँ १० पैसा, प्रभु बैंकको दुई सय ९४ रुपयाँ ७३ पैसा र मनकामना स्मार्ट लघुवित्तको एक हजार तीन सय ३३ रुपैयाँ ३३ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरूको सेयरमूल्य समायोजन गरेको हो ।

बिहीबार प्रभु बैंकको तीन सय ३० रुपैयाँ १० पैसा, सनराइज बैंकको प्रतिकित्ता दुई सय ७१ रुपैयाँ र मनकामना लघुवित्तले प्रतिकित्ता एक हजार पाँच सय ६० रुपैयाँमा अन्तिम पटक कारोबार गरेको थियो । आइतबार समायोजन भएको मूल्यका आधारमा सोमबारदेखि तीनवटै कम्पनीको सेयर कारोबार खुला हुनेछ ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  १ : ५५ बजे

रुसमाथिका प्रतिबन्ध र शुल्क कार्यान्वयनमा ट्रम्पको ६० दिनको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि