माओवादी प्रदेश-२ अधिवेशन : प्रतिनिधि विवादले १० दिनसम्म अन्योल | Khabarhub Khabarhub

माओवादी प्रदेश-२ अधिवेशन : प्रतिनिधि विवादले १० दिनसम्म अन्योल


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रदेश प्रतिनिधिको विवादले करिब १० दिनदेखि नेकपा माओवादी केन्द्र प्रदेश–२ को अधिवेशन अन्योलमा परेको छ ।

गत २५ मंसिरमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअलमार्फत उद्घाटन गरेको प्रदेश सम्मेलन प्रतिनिधि विवादका कारण आइतबारसम्म टुंगोमा पुग्न सकेको छैन ।

‘रौतहटबाहेक अन्य जिल्लाका प्रदेश प्रतिनिधिकाबारेमा विवाद देखापरेपछि लामो समयसम्म लम्बिएको हो’, केन्द्रीय सदस्य बिन्देश्वर यादवले भने, ‘हिजोदेखि बन्द सत्र सुरु भए पनि प्रतिनिधि विवाद देखापरेकाले मिलाउने कोसिस गरिरहेका छौं ।’

जनकपुरमा उद्घाटन भएको सम्मेलनको बन्दसत्र बभने लालबन्दी सर्लाहीमा जारी छ । प्रतिनिधिमा विवाद भएपछि स्थायी समिति सदस्य गणेश साह, इन्चार्ज विश्वनाथ साहलगायतका नेताले रौतहटबाहेक अन्य जिल्लाका प्रदेश प्रतिनिधि टुंग्याउन प्रयासरत रहे पनि निष्कर्षमा पुग्न सकेको छैन ।

पहिलो पटक बन्दसत्र नै अन्योलमा परेपछि प्रतिनिधिहरू दुई दिनदेखि लालबन्दीमा बसिरहेका छन् ।  सो अधिवेशनले २३ जनालाई केन्द्रीय प्रतिनिधिका रूपमा राष्ट्रिय सम्मेलनमा पठाउनुपर्ने दायित्व बोके पनि प्रदेश प्रतिनिधि नै निर्क्यौलमा नपुग्दा माओवादी प्रदेश सम्मेलन  विवादको घेरामा परेको हो ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  २ : ४० बजे

प्रधानमन्त्री भन्छन् : नेपालीको नशा नशामा क्रिकेट छ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल

‘महाभोज’ हेरेपछि प्रचण्डले भने : सामन्तवादको अवशेष समाजमा अझै छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी मुलुक भारतको औपचारिक

धरहरा चढ्नेहरुको संख्या दोब्बरले बढ्याे

काठमाडौं – धरहरा खुल्ने समय थप भएसँगै अवलोकनका लागि आउनेहरूको

सप्तरीबाट ठूलो परिमाणमा गाँजासहित एक महिला पक्राउ

सप्तरी – सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोस्थित रामकेवल मण्डलको घरबाट ठूलो