‘फिच्यो’ को विशेष प्रदर्शनी « Khabarhub

‘फिच्यो’ को विशेष प्रदर्शनी


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रेड ओशिय इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको गुरुङ भाषाको फिल्म ‘फिच्यो’ को काठमाडौंको सामाखुशीस्थित रानीदेवी पार्टी प्यालेसमा विशेष प्रदर्शन गरिएको छ । फिल्मका निर्देशक विकास घले गुरुङ हुन् ।

फिल्ममा विश्वास गुरुङ, कासी घले(इन्द्र), टिकाराम घले, सीतादेवी गुरुङ, कल्याण थापामगर, कृष्ण गुरुङ, डिबी गुरुङ, विरुप घले, पेम्बाछिरिङ शेर्पा, अन्जना गुरुङ र सिर्जना गुरुङको अभिनय छ ।

विशेष प्रदर्शनीमा तमु कलाकार संघका निर्वतमान अध्यक्ष राजु गुरुङ, लमजुङ घले समाजका अध्यक्ष द्रुतराज घले, गायक एवं सञ्चारकर्मी सहजकुमार घले, चलचित्र पत्रकार शान्तिप्रिय, उत्तरी गोरखा सांस्कृतिक समाजका अध्यक्ष सुनिला गुरुङ, गुरुङ फिल्मका अभिनेता बुद्ध गुरुङ, आनन्द गुरुङ, गायक तथा संगीतकार आँशु लामा, निर्देशक जनक गुरुङ एवं संगीतकार सन्तोष श्रेष्ठको सहभागिता रहेको थियो ।

शान्ति गुरुङ सु.मन्त्री गुरुङ, बुद्धिमाया गुरुङ एवं अभिनास माङसुम निर्माता रहेको फिल्ममा सोम गुरुङको सह–निर्देशन, प्रकाश गुरुङको छायांकन, सन्तोष श्रेष्ठ र गणेश गुरुङको संगीत, गोरे गुरुङको निर्देशनको नृत्य, तारा थापा ‘किम्भे’को सम्पादन, सम्राट थापाको पाश्र्वसंगीत छ । यो फिल्म अमेरिकामा पनि प्रदर्शन हुँदैछ ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  १ : ५६ बजे

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं–  रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का

हिजो नबलेको एनपीएलको फ्लडलाइट आज बालियो

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत हिजो सुदूरपश्चिम रोयल्स र

बड्कापथ सिँचाइ आयोजनाले ६१० हेक्टरमा सिँचाइ सुविधा

तुलसीपुर– दाङको गढवा गाउँपालिकाको चार हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्‍याउने

बुर्किना फासोमा इस्लामिक अतिवादी समूहबीच भीषण लडाईँ, पछिल्लो घटनामा ४ सय लडाकु मारिए

काठमाडौं– अफ्रिकाको साहेल क्षेत्रमा अवस्थित बुर्किना फासोमा इस्लामिक लडाकु समूहबीचको