गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : परीक्षण उडानकै लागि डेढ महिना कुर्न पर्ने | Khabarhub Khabarhub

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : परीक्षण उडानकै लागि डेढ महिना कुर्न पर्ने


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल-  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा माघको दोस्रो सातासम्ममा मात्रै क्यालिब्रेशन फ्लाइट (परीक्षण उडान) हुने भएको छ ।

विदेशबाट आउनु पर्ने प्राविधिक समयमै नआउँदा यसमा केही लिबम्व भएको र अहिले प्राविधिक आएर आन्तरिक उपकरणहरूको चेकजाँच भइरहेकाले डेढ महिनाभित्रमा क्यालिब्रेशन फ्लाइट हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता देवचन्द लाल कर्णका अनुसार क्यालिब्रेशन फ्लाइटका लागि विमानस्थलमा विद्युतको समस्या समाधान भैसकेको, प्राविधिकहरूलाई तालिम दिने काम भैरहेको र मेसिनहरूको परीक्षण जारी रहेकाले डेढ महिनाभित्र यी काम सम्पन्न गरी फ्लाइट हुनेछ ।

जनवरी अन्तिम वा फेब्रुवरीको पहिलो साता क्यालिब्रेशन फ्लाइट हुने र त्यसको तीन महिनामा व्यावसायिक उडान सुरू गर्ने तयारी भैरहेको प्रवक्ता कर्णले बताए ।

‘व्यावसायिक उडानपछि नियमित उडानका लागि आवश्यक प्रक्रिया पूरा गर्न तीन महिना लाग्छ, आगामी अप्रिलदेखि व्यावसायिक उडान सुरू गर्ने गरी तयारी भैरहेको छ,’ उनले भने ।

अहिले क्यालिब्रेसन फ्लाइटका लागि एरो थाईका प्राविधकहरू नेपाल आइसकेका छन् । तर, जहाज भने आएको छैन । ‘बीचमा कुनै बाधा भएन भने अप्रिलदेखि व्यावसायिक उडान सुरु हुन्छ,’ प्राधिकरणका प्रवक्ता कर्णले भने ।

क्यालिब्रेसन फ्लाइट भनेको के हो ?

क्यालिब्रेसन फ्लाइट भनेको विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्ने धावनमार्ग, टावरलगायतका क्षेत्रमा जडान भएका उपकरणले काम गरेका छ या छैन् भनेर परीक्षण गर्ने हो ।

यसका लागि जहाज नै ल्याएर उडान अवतरण गर्दै परीक्षण गर्नुपर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजना आईसीपी२ का प्रमुख प्रविण न्यौपानेले बताए ।

जडान भएका उपकरणहरूले काम गरेको या नगरेको, विमानका पाइलटले टावरसँग सम्पर्क गर्दा निर्देशनहरू राम्ररी सुनिएको  वा नसुनिएको  लगायतका कुरा क्यालिब्रेसन फ्लाइटबाट थाहा हुन्छ ।

एरो थाई कम्पनीले विमानस्थलमा सञ्चारदेखि लाइटका उपकरण जडानको जिम्मा पाएको थियो । तर, थाई सरकारले कोरोनाको कारण देखाउँदै आफ्नो देशका प्राविधिकहरूलाई बाहिर जान अनुमति नदिएकोले एक वर्ष ढिलाई भएको प्रवक्ता कर्णको भनाइ छ ।

‘थाई प्राविधिकहरू समयमा नआउँदा क्यालिब्रेसन फ्लाइट केही ढिला भएको हो तर अहिले थाई प्राविधिक आएका छन् । तर, जहाज आएको छैन, अब कहाँबाट अन्य प्राविधिकहरू ल्याउने त्यो काम थाई एरोको हो,’ उनले भने ।

क्यालिब्रेशन फ्लाइटका लागि यूरोप र अमेरिकाका प्राविधिक पनि ल्याउनु पर्ने हुन्छ । प्रथम चरणको निर्माण सकिएको विमानस्थलमा क्यालिब्रेशन फ्लाइटका लागि थाई, अमेरिकन र युरोपका प्राविधिक एकसाथ हुनुपर्छ । तीन स्थानका प्राविधिक एकसाथ नजुट्दा ढिलाई हुन पुगेको हो ।

दुई चरणमा निर्माण भएको विमानस्थल आइसिपी१ र आइसिपी२ अन्तर्गत काम भएको छ । आईसिपी१ अन्तर्गत धावनमार्ग, ट्याक्सी–वे, टर्मिनल बिल्डिङलगायतका संरचना निर्माण भएका छन्  भने आईसिपी२ अन्तर्गत हवाइजहाज पाइलट र विमानस्थलबीचको समन्वयको लागि प्राविधिक काम भएको छ ।

विमानस्थलमा तीन हजार मिटर लामो धावनमार्ग, जहाज पार्किङ गर्ने एप्रोन, सब-वे, ट्याक्सी-वे लगायतका संरचना निर्माण भएका छन् । मुख्य टर्मिनल भवन, टर्मिनल टावर, ट्याक्सी पार्किङलगायतका संरचनाको काम पनि सकिएको छ । कार्गो भवन पनि करिब सक्पन्न हुने अवस्थामा छ । यसको लागत ९० करोड ३६ लाख ३४ हजार ६०० रुपैयाँ रहेको छ ।

विमानस्थलको सुरूको लागत ६ अर्ब २२ करोड रहे पनि काम सकिँदासम्म लागत बढेर आठ अर्ब ८२ करोड पुगेको छ । विमानस्थल विस्तारका लागि करिब २२ सय घरधुरीलाई २३ अर्ब मुआब्जा वितरण गरिएको थियो ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  २ : ५६ बजे

युक्रेनले युरोपेली कोषमार्फत ९० अर्ब डलरको अमेरिकी हतियार खरिद गर्ने जेलेन्स्कीद्वारा पुष्टि

वाशिङ्टन- युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले सोमबार युक्रेनले आफ्नो सुरक्षा ग्यारेन्टीको

भारतको आवश्यकतामा चीनले सहयोग गर्ने

नयाँ दिल्ली- चीनले भारतका तीन प्रमुख चिन्ताहरू – दुर्लभ खनिज

जेलको बासले रविलाई पुगेन भिटामिन ‘डी’, नख्खु पुगे डाक्टर

काठमाडौं– सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

भारतीय प्रधानमन्त्री मोदीले चीनको भ्रमण गर्ने

नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यही अगस्टको अन्त्यमा चीन

राजेन्द्र बजगाईं भन्छन्- सिग्नेचर गर्ने हो, उपसभामुखलाई हटाउने पक्षमै छौँ

काठमाडौं– नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले आफूहरू उपभामुख इन्दिरा रानामगरलाई