स्वास्थ्य शिविरबाट चार सय नागरिक लाभान्वित « Khabarhub

स्वास्थ्य शिविरबाट चार सय नागरिक लाभान्वित


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम- छथर गाउँपालिकाको केन्द्रमा सञ्चालित स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी स्थानीयले लाभ लिएका छन् ।

दुर्गम तथा विपन्न बस्तीलाई लक्षित गरी पाँच दिन सञ्चालन भएको शिविरमा चार सयभन्दा बढीको नि:शुल्क स्वास्थ्य परीक्षण गरिएको थियो ।

तीन दिनका लागि सञ्चालन गरिएको शिविर नागरिकको चाप सँगै पाँच दिनसम्म सञ्चालन भएको माउण्ट एभरेष्ट सेवा समाजका महासचिव रोहित खनालले जानकारी दिए ।

डाक्टर खगेन्द्र कटुवालको नेतृत्वमा रहेको १३ जना चिकित्सकको टोलीले  सर्वसाधारणको स्वास्थ्य जाँच गरेका थिए । शिविरमा  मिर्गौला, कजेलो, पित्तथैली, पाठेघर प्रोष्टेट, पेट, मुटु, फोक्सो र रगत जाँच गरिएको थियो । सामान्य नाम दर्ताबाहेक भिडियो एक्सरे, ईसिजी, ‌औषधि डाक्टर खर्चसमेत नि:शुल्क थियो ।

शिविरमा ६० वर्षभन्दा माथिका जेष्ठ नागरिक, असाहय र आर्थिक अवस्था कम्जोर भएकाहरूलाई नि:शुल्क  सेवा दिएको जनभावना अस्पताल धनकुटाले जनाएको छ ।

गाउँमै स्वास्थ्य सेवा पाउँदा राहात मिलेको नागरिकहरूले बताए । जनभावना अस्पताल धनकुटा प्राविधिक सहयोग तथा माउण्ट एभरेष्ट सेवा समाज नेपालको आयोजना र छथर गाउँपालिका तेह्रथुमको सहकार्यमा शिविर सञ्चालन गरिएको हो ।

शिविरलाई प्रभावकारी बनाउन र नागरिकसम्म सेवा पुर्याउन गाउँपालिकाको ६ वटै वडामा स्वास्थ्य शिविरसम्बन्धी छलफल सञ्चालन गरेको थियो । टोल विकास संस्थाका संयोजक र वडाध्यक्षहरूको सहभागितामा छलफल गरी शिविर सञ्चाल गरिएको थियो ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ३ : ५१ बजे

आफ्नै अभिव्यक्तिप्रति मन्त्री गौतमले मागिन् राष्ट्रिय सभासमक्ष माफी

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जेन-जी सहिद

सुनसरी-४ का सांसद दीपक साहलाई उद्योगमन्त्रीमा पठाउने तयारी

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी ४ बाट निर्वाचित सांसद दिपक

कारागारका कैदीबन्दीद्वारा रसुवा बाढीपीडितलाई राहत

काठमाडौं– काठमाडौको सुन्धारास्थीत केन्द्रीय कारागारमा रहेका कैदीबन्दीहरुले रसुवा बाढी पीडितका

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

काठमाडौं– रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा दीर्घकालीन एकीकृत विकासका

गाजामा इजरायली आक्रमण, एकै परिवारका चार जनाको मृत्यु 

एजेन्सी– गाजामा विहीबार भएको इजरायली आक्रमणमा दुई बच्चासहित एउटै परिवारका