कविता र गजलमा सुनिए अमर बान्तु « Khabarhub

कविता र गजलमा सुनिए अमर बान्तु


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कवि तथा गीतकार अमर बान्तुले हालै राजधानीमा आफ्ना कविता सुनाएका छन् । मिलाप मासिकले आयोजना गरेको ‘अमर बान्तु काव्य साँझ’मा अमरले आफ्ना सिर्जना सुनाएका हुन् ।

कार्यक्रमको शुभारम्भ गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले साहित्य साधनासँगै व्यवसाय र समाजसेवामा उत्तिकै सक्रिय स्रष्टा बान्तुका रचनाहरूले समाज रूपान्तरणका लागि योगदान दिने दाबी गरेका थिए ।

करिब एक घण्टाको ‘काव्य साँझ’ बान्तुले ‘होची मिन्ह’ र ‘पोलपोट’ शीर्षकको कविता सुनाएर मुलुकका लागि हिंसा, विभेद तथा अत्याचार कहिल्यै र कसैलाई पनि सह्य नहुने भाव प्रकट गरे । उनले ‘नजरैले घाइते पर्ना माहिर हजुर’, ‘ए जिन्दगी’, ‘घरबेटी’ र ‘चोकमा गफिनेहरूको जंगल’ साँझलाई बिट मारे ।

मिलाप मासिकका सम्पादक कृष्ण भुसालको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व मन्त्री तथा कवि एसपी कोइराला, कवि श्रवण मुकारुङ र लायन्स क्बलका तर्फबाट लायन अनन्त भेटवालको उपस्थिति थियो ।

बान्तुको कविता तथा गीतसंग्रह ‘परिभाषाका राँटाहरू’ र उत्कृष्ट गीतहरूका दुई एल्बम ‘अमर भावना’ र ‘अमर भावना–२’ प्रकाशित छन् ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ३ : ०८ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४