कविता र गजलमा सुनिए अमर बान्तु « Khabarhub

कविता र गजलमा सुनिए अमर बान्तु


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कवि तथा गीतकार अमर बान्तुले हालै राजधानीमा आफ्ना कविता सुनाएका छन् । मिलाप मासिकले आयोजना गरेको ‘अमर बान्तु काव्य साँझ’मा अमरले आफ्ना सिर्जना सुनाएका हुन् ।

कार्यक्रमको शुभारम्भ गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले साहित्य साधनासँगै व्यवसाय र समाजसेवामा उत्तिकै सक्रिय स्रष्टा बान्तुका रचनाहरूले समाज रूपान्तरणका लागि योगदान दिने दाबी गरेका थिए ।

करिब एक घण्टाको ‘काव्य साँझ’ बान्तुले ‘होची मिन्ह’ र ‘पोलपोट’ शीर्षकको कविता सुनाएर मुलुकका लागि हिंसा, विभेद तथा अत्याचार कहिल्यै र कसैलाई पनि सह्य नहुने भाव प्रकट गरे । उनले ‘नजरैले घाइते पर्ना माहिर हजुर’, ‘ए जिन्दगी’, ‘घरबेटी’ र ‘चोकमा गफिनेहरूको जंगल’ साँझलाई बिट मारे ।

मिलाप मासिकका सम्पादक कृष्ण भुसालको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व मन्त्री तथा कवि एसपी कोइराला, कवि श्रवण मुकारुङ र लायन्स क्बलका तर्फबाट लायन अनन्त भेटवालको उपस्थिति थियो ।

बान्तुको कविता तथा गीतसंग्रह ‘परिभाषाका राँटाहरू’ र उत्कृष्ट गीतहरूका दुई एल्बम ‘अमर भावना’ र ‘अमर भावना–२’ प्रकाशित छन् ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ३ : ०८ बजे

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)

‘भोटेकोशीमा तत्काल बाढी आउने सम्भावना छैन’

काठमाडौँ । भोटेकोसी नदीमा तत्काल ठूलो बाढी आउने सम्भावना नदेखिएको

धैर्य, एकता र कर्तव्यका साथ पुनर्निर्माणमा अघि बढौँ : प्रधानमन्त्री शाह

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले धैर्य एकता र कर्तव्यका साथ विपद्को