‘पुष्पा’को व्यापार दुई दिनमै सय करोड « Khabarhub

‘पुष्पा’को व्यापार दुई दिनमै सय करोड


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(आजतक)– सन् २०२१ दक्षिण भारतीय फिल्मका लागि उत्कृष्ट साबित भएको छ । दक्षिण भारतका कैयौं फिल्मले भारतीय दर्शकमात्र नभई विश्वकै दर्शकको ध्यान आफूतिर खिचिरहेको छ । ठूलो बजेटको दक्षिण भारतीय फिल्म ‘आरआरआर’को ग्राण्ड रिलिज अघि फिल्म ‘पुष्पाः द राइज’ले बक्सअफिसमा रिलिजको दुई दिनमै सय करोड बढीको व्यापार गरेको छ ।

व्यापार विश्लेषक रमेश बालाका अनुसार फिल्मले रिलिजको दुई दिनमा विश्वव्यापी रुपमा सय करोड बढी कारोबार गरेको छ । फिल्मले दुई दिनमा १ सय १६ करोड व्यापार गरेको छ । उसले पहिलो दिन ७१ करोड र दोस्रो दिन ४५ करोड गरी कुल १ सय १६ करोड व्यापार गरेको हो ।

अमेरिकाको बक्सअफिसमा फिल्मले १ दशमलब ३० मिलियन डलरको व्यापार गरेको छ । भारतीय रुपैंयाँमा यसलाई रुपान्तरण गर्दा करिब १० करोड रुपैंयाँ पर्दछ ।

अर्का विश्लेषक तरण आदर्शले हिन्दी बक्सअफिसको आँकडा सार्वजनिक गरेका छन् । उनका अनुसार फिल्मले पहिलो दिन ३ करोड र दोस्रो दिन ४ करोडको कमाई गरेको छ । यो हिसाबले फिल्मको हिन्दी भर्सनले दुई दिनमा सात करोडको कमाई गरेको छ । फिल्मले अष्ट्रेलियासहित अन्य देशमा सानदार कमाई गरिरहेको छ ।

फिल्ममा अल्लु अर्जुन र रश्मिका मन्दाना प्रमुख भूमिकामा छन् ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ४ : २५ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक