सिटौला निवास पुगे विश्वप्रकाश शर्मा « Khabarhub

सिटौला निवास पुगे विश्वप्रकाश शर्मा


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले आइतबार पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई उनकै निवास चण्डोल पुगेर भेटेका छन् । एउटैला जिल्लाका यी नेताहरुबीच आपसी सम्बन्ध न्यानो छैन ।

तर, आफ्नै घरमा भेट्न आएका शर्मालाई सिटौलाले बधाइसहित आशिर्वाद दिएका छन् । सिटौलालाई आफ्ने समूहमा मिलाउने क्रममा सभापति शेरबहादुर देउवाले शर्मालाई आफ्नो प्यानलबाट महामन्त्रीको उम्मेदवार बनाउन सकेका थिएनन् । त्यसपछि शर्मा प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेर जित हात पारेका थिए । सिटौलले अगाडि बढाएका देउवा प्यानलका उम्मेदवार प्रदीप पौडेल पराजित भएका थिए ।

शर्माबारे सिटौला पीडित नेताका रुपमा कांग्रेस वृत्तमा चर्चा हुने गर्छ। ११ औँ महाधिवेशनमा झापाको जिल्ला सभापतिको उम्मेदवार बनेका शर्मा सिटौलाले उम्मेदवार बनाएका उद्धव थापासँग पराजित भएका थिए ।

१२ औँ महाधिवेशन अगाडि तत्कालीन पार्टी सभापति सुशील कोइरालाले नेविसंघका पूर्व अध्यक्षहरु सबैलाई केन्द्रीय सदस्य मनोनित गर्दा शार्मा छुटेका थिए । यो पटक पनि शर्मालाई रोक्न सिटौलाले प्रदीपलाई अगाडि बढाएको चर्चा चलेको थियो ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ५ : ५६ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका