कप्तान बनेपछि सन्दीपको पहिलो प्रतिक्रिया : एक परिवार भएर खेल्ने छौँ « Khabarhub

कप्तान बनेपछि सन्दीपको पहिलो प्रतिक्रिया : एक परिवार भएर खेल्ने छौँ


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त कप्तान सन्दीप लामिछानेले आफूलाई नेतृत्व दिएको विषयमा पहिलो पटक प्रतिक्रिया दिएका छन् । हाल बीग बास लिग खेल्ने क्रममा अष्ट्रेलियामा रहेका सन्दीपले फेसबुकमार्फत पहिलो प्रतिक्रिया दिएका हुन् ।

सन्दीपले भनेका छन् , ‘छातीमा नेपालको झण्डा बोक्ने मेरो सपना सधैं थियो र अब नेपाल क्रिकेट टोलीको नेतृत्व गर्ने अवसर पाएकोमा म भित्रैदेखि नम्र र सम्मानित छु। म नेपाल क्रिकेट संघ (क्यान), नेपालका भव्य जनता र विश्वभरिका सबै फ्यानहरूलाई उनीहरूको निःशर्त समर्थन र प्रार्थनाको लागि कृतज्ञ छु।’

उनले आफ्नो योजनाबारे पनि खुलाएका छन् । उनले भनेका छन्, ‘टोलीका रूपमा हाम्रो योजना सरल रहनेछः नेपाललाई विश्व क्रिकेटको यात्रामा प्रभावकारी रूपमा राख्ने। यो हुनकाा लागि, हामी एक परिवार, एक टोली, एक इकाईको रूपमा खेल्नेछौं। यस टोलीको ढोका सबैका लागि खुला रहनेछ।’

उनले एक दिवसीय मान्यता पाएको नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का पूर्ण सदस्य राष्ट्रहरुसँग खेल्ने वातावरणका लागि पहल गर्नुपर्नेसमेत बताएका छन् । उनले भनेका छन्, ‘सबै सहयोगी राष्ट्रहरूले हामीलाई पूर्ण रूपमा समर्थन गरेका छन्। क्यान र आईसीसीसँगको छलफलमा हामीले पूर्ण सदस्य राष्ट्रहरूसँग पनि थप क्रिकेटका लागि पहल गर्नुपर्छ । हामीसँग धेरै कामहरू छन् र सँगै हामी जे पनि गर्न सक्छौं।’

क्यानले कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिह ऐरीलाई पदमुक्त गर्दै सन्दीपलाई नयाँ कप्तान नियुक्त गरेको थियो । क्यानले मल्ल, ऐरीका साथै सोमपाल कामी र कमलसिंह ऐरीलाई ६ महिनाका लागि सेन्ट्रलकन्ट्याक्टकबाटसमेत हटाएको छ । क्यानको कारबाहीपछि कारबाहीमा परेका ४ जना क्रिकेटरले कारबाही फिर्ता लिन माग गरेका छन् ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ६ : १३ बजे

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने